१६५ सिटमध्ये ५३ सिट जित्दै प्रतिनिधिसभामा कांग्रेस पहिलो, ७ स्थानको पत परिणाम आउन बाँकी

Mat ganana

काठमाडौं । प्रतिनिधिसभामा हालसम्म १ सय ५८ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस ५३ सिट जित्दै पहिलो स्थानमा रहेको छ ।

नेकपा एमालेले ४२, नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका उम्मेदवार ७र७ सिटमा विजयी भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी १ र राष्ट्रिय जनमोर्चाले एक एक सिटमा जित निकाल्दा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् ।

मतगणना जारी रहेका चारमध्ये कांग्रेस र एमाले उम्मेदवार दुईरदुई ठाउँमा अगाडि छन् । एमालेका उम्मेदवार धनुषा ४ मा रघुवीर महासेठ र सुनसरी ३ मा मञ्जु चौधरीले अग्रता लिएका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा शनिबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । संचार मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले नै धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो । विवाद समाधान हुन नसक्दा गणना अघि बढ्न सकेको छैन । दोलखा, बाजुरा र स्याङ्जा २ मा अझै मतगणना सुरु भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...