धनकुटामा एमाले र कांग्रेसबीच चर्कियो विवाद, नगर सभापति श्रेष्ठविरुद्ध एमालेको प्रदर्शन

एमाले भन्छ, ‘मान्छे कुट्ने नरेश श्रेष्ठलाई कारबाही गर’, कांग्रेस भन्छ, ‘टुढिखेलमा भीड्न तयार छौं’

Dkt uml bibad

धनकुटा । निर्वाचन सम्पन्न भएपछि धनकुटा–६ पाङसिङका एमाले कार्यकर्ता राजन कार्कीमाथि कुटपिट भएको विषयले धनकुटामा राजनीतिक माहोल तताउन थालेको छ ।

एमाले कार्यकर्तामाथि कुटपिटमास संलग्नता रहेको भन्दै एमालेको निकट राष्ट्रिय युवा संघले धनकुटामा प्रदर्शन गरेको छ । सो प्रदर्शनका क्रममा प्रदर्शनकारीले कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठलाई कारबाहीको माग गरेको छ ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरे । प्रहरीले श्रेष्ठ विरुद्धको उजुरी लिन नमानी उनकै पक्षमा लागेर पीडितलाई न्याय दिन असहयोग गरेको भन्दै युवा संघले विरोध प्रदर्शन गरेको हो ।

एमालेको विजय जुलुसमा सहभागि भएर फर्कने क्रममा गत बिहीबार राती धनकुटा–६ सल्लेरीस्थित आँखा अस्पताल अगाडि धनकुटा–६ पाङसिङका एमाले कार्यकर्ता राजन कार्कीमाथि कुटपिट भएको थियो । कुटपिटबाट कार्कीको देब्रे आँखा माथि गम्भीर चोट लागेको छ ।

शरीरका अन्य भागमा पनि निलडाम छ । जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि घाइते कार्कीलाई विराटनगर पठाइएको छ । घाइते कार्कीले कांग्रेस धनकुटा नगर सभापति श्रेष्ठसहितको समूहले आफुमाथि कुटपिट गरेको बताइरहेका छन् । राजनसँगै घर फर्किदै गरेका र कुटाई खानबाट भागेर जोगिएका तिलक कार्की पनि नरेश श्रेष्ठ सहितको समूहले कुटपिट गरेको बताएका छन् ।

नगर सभापति श्रेष्ठ भने कुटपिटमा आफ्नो संलग्नता नरहेको दावी गरिरहेका छन् । कांग्रेस धनकुटाले पनि प्रेस विज्ञप्ति जारी गरेर श्रेष्ठविरुद्ध झुटो आरोप लगाएर बदनाम गर्न खोजिएको दावी गरेको छ ।

धनकुटा नगरपालिका–६ पाङसिङका एमाले कार्यकर्ता राजन कार्कीमाथि भएको कुटपिटको घटनामा आफ्ना नेता कार्यकर्ताको नाम जोडेर झुटो आरोप लगाइएको कांग्रेसले दावी गरेको छ । कांग्रेस जिल्ला कार्य समिति धनकुटाले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै झुटो आरोप लगाएर कांग्रेस नेता कार्यकर्ताको बदनाम गर्न खोजिएको दावी गरेको हो ।

धनकुटा कांग्रेसद्धारा एमाले धनकुटाका कार्यकर्ताहरुलाई भ्रम सिर्जना नर्गन चेतावानी दिएको छ । पार्टी जिल्ला सचिव विजय सन्तोषी राई र धनकुटा नगर उपसभापति अमित लो तामाङद्धारा जारी विज्ञप्तिमा एमालेले विजयको उन्मादले आफ्ना नगर सभापतिलाई दोश लगाइएकाले त्यसको कडा प्रतिकार गर्ने उल्लेख गरिएको छ ।

सो विज्ञप्ती सामाजिक सञ्जालमा सार्वजनिक गर्दै नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले ‘झुट्टा आरोप नलगाईयोस दम छ भने टुढिखेलको मैदानमा भिड्न तयार छौं’ भनेका छन् । यसले फेरि धनकुटामा राजनीतिक द्धन्द्ध चर्किने देखिएको छ ।

आज जिल्ला प्रशासन कार्यालय पुगेका नेकपा एमालेका नेताहरु तथा नवनिर्वाचित सांसदहरुले प्रमुख जिल्ला अधिकारी युवराज कटेल, प्रहरी प्रमुख लक्ष्मीराज अधिकारी, राष्ट्रिय अनुसन्धानका प्रमुख तुलसी कट्टेललाई सो घटनामा संलग्न भएका भनिएका श्रृष्ठलाई तुरुन्तै कारवाही नगरिए जस्तोसुकै संघर्ष गर्न तयार रहेको चेतावनी दिएका छन् । उनीहरुले सत्ताको आडमा श्रेष्ठलाई जोगाउन खोजिए मौन नबस्ने बताएका छन् ।

तिनिधि सभा र प्रदेश सभाका दुई वटै क्षेत्र जितेपछि एमालेले बिहीबार धनकुटा बजारमा विजय जुलुस निकालेको थियो । एमाले कार्यकर्ता कार्की पनि सोही जुलुसमा सहभागि हुन आएका थिए । जुलुसबाट फर्किने क्रममा राती बाटो ढुकेर बसेका कांग्रेस नगर सभापति एवं ६ नं. वडाका निवर्तमान वडाध्यक्ष नरेश श्रेष्ठको समूहले आफूमाथि निर्घात कुटपिट गरेको कार्कीले बताएका छन् ।

मतदानका दिन राजनकी आमा टेम्पोमा कांग्रेस समर्थकहरुसँग मतदान स्थल पुगेकी थिइन् । तर, भोट हाल्ने बेला नागरिकता छुटेपति राजनले मोटर साइकलमा घर पुगेर नागरिकता ल्याई दिएका थिए । नागरिकता राजनसँगै भएका कारण राजनले आमालाई सूर्यमा भोट हाल्न लगाएको आरोपमा सोही दिन नरेशसँग विवाद भएको थियो । त्यसैको रिसिइबी साँधेर कुटपिट गरिएको एमालेको आरोप छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...