महोत्तरी १ मा माओवादी उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमाले महतो निर्वाचित

Laxmi mahto pokhrel

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासिचव गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित भएका हुन् । १५ वर्ष सांसद र पटकपटक मन्त्री भइसकेका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित भएका हुन् ।

पोखरेल यो निर्वाचन क्षेत्रबाट तीनपटक सांसद जितेका थिए । महोत्तरी क्षेत्र नम्बर १ बाट २०६४ को संविधानसभामा निर्वाचित भएपछि उनले लगातार २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचन पनि जितेका थिए । उनी यसबीचमा पटकपटक शिक्षा र स्वास्थ्यमन्त्री बनेका थिए । उनी २०६४, २०६५ र २०७४ सालमा मन्त्री बनेका थिए ।

निर्वाचन आयोगका अनुसार आइतबार बिहान सकिएको महोत्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना परिणाममा महतो २३ हजार ४ सय २ मत ल्याई विजयी भएका छन् । उनले माओवादीका पोखरेललाई १ हजार ३० को मतान्तरले पराजित गरेका हुन् । पोखरेलले २२ हजार ३ सय ७२ मत प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...