मत गणनामा धाँधली भएको आरोप : सुनसरी ४ र इलाम २ को मत गणना रोकियो

Ilam 2

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद भएको छ । धाँधली भएको विषयमा कार्कीका प्रतिनिधि र एमालेका कार्यकर्ताहरुबीच विवाद भएको छ ।

शुक्रबार राति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप लगाएका थिए । घटना गएराति भएको भनिए पनि कार्की आज मात्र बोलेका थिए ।

कार्कीको आरोपपछि गणना रोकिएको छ र अहिले निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको छ । सर्वदलीय बैठकमा विभिन्न दलका उम्मेदवार तथा प्रतिनिधिहरू सहभागी छन् ।

सर्वदलीय बैठक बसिरहेको बेला दुई पक्षबीच झडपको स्थिती बनेपछि प्रहरीले केहीलाई मतगणनास्थल परिसरबाट निकालेको छ । शनिबार दिउँसो २ बजेदेखि मत गणना रोकिएपछि अपरान्ह सर्वदलीय बैठक बोलाइएको हो । बैठक चलिरहेको बेला दुवै पक्षबीच कुटाकुटको स्थिति बनेपछि प्रहरीले उनीहरुलाई निकालेको थियो ।

बैठकमा निर्वाचन अधिकृतको कार्यालयले गणना गर्ने कर्मचारीबाट गल्ती भएको स्वीकार गरेको श्रोतले बताएको छ । गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ७१ मतले अघि छन् ।

यता, इलाम २ को परिणाम घोषणा हुनै लाग्दा हस्ताक्षरबिनाका मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका ४० मत भेटिएपछि त्यहाँ विवाद भएको हो। अहिले त्यहाँ कांग्रेस कार्यकर्ताले नाराबाजी गरेपछि स्थिति तनावग्रस्त भएको छ ।

पछिल्लो परिणामअनुसार इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ २९ हजार १३५ मत ल्याएर अग्र स्थानमा छन् । अहिले मत गणना कार्य रोकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...