धनकुटाका राजेन्द्र राई भन्छन्, ‘धनकुटाको गाँजा बेचेर धनकुटेलीलाई धनी बनाउँछौं’

Rajendra rai

धनकुटा । धनकुटाबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले धनकुटाको खाल्सा क्षेत्रमा उत्पादन हुने गाँजा बिक्रीबाट धनकुटालाई धनी बनाउन सकिने बताएका छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका क्लीन स्वीप गरेपछि शनिबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा राईले यही फागुनसम्म गाँजा खेतीलाई बैधानिकता दिने कानुन आउने र त्यसपछि धनकुटामा गाँजा खेती गर्न सहज हुने बताए ।

‘यो फागुनसम्म संसदमा गाँजा खेतीलाईलाई वैधानिकता दिने कानुन पास हुन्छ’, राईले भने, ‘अघिल्लोपटक संसदमा गाँजालाई वैधानिकता दिनुपर्छ भन्नेहरु विरोध खतिवडा, शेरबहादुर तामाङ लगायतका सांसदहरु सबै हार्नुभयो । मैले मात्रै जितेको छु । अब म संसदमा जसरी पनि पास गराउँछु ।’

राईले अघिल्लोपटक पनि संसदमार्फत पटकपटक गाँज खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठाउँदै आएका थिए । त्यसैगरी केही महिनाअघि गाँजा खेतीलाई बैधानिकता दिनुपर्ने भन्दै देशभर सञ्चालन गरिएको हस्ताक्षरअभियानमा पनि हस्ताक्षर गरेका थिए ।

नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहेका राईले आगामी ५ वर्षमा धनकुटाले मुहार फेर्ने दावी पनि गरे । उनले विगतमा आफुले जति जिल्लाको विकासका लागि कसैले बजेट नल्याएको र हाल आएको बजेट भन्दा दोब्बर बजेट ल्याउने प्रतिवद्धता जनाए ।

उनले अबका केही वर्षमा व्यापार गर्न पाँचथरबाट धनकुटा आउने परिस्थिती बन्दै गएको बताए । उनले भेडेटार आउने पर्यटकलाई धनकुटा बजारसम्म आउने वातावरण बनाउने आफ्नो योजना रहेको पनि बताए । उनले हिले सुन्दर शहर बनेजस्तै धनकुटा बजारको बाटो फराकिलो बनाएर सुन्दर धनकुटा बनाउन नगरपालिका प्रमुखलाई निर्देशन दिइसकेको बताए ।

उनले देशभर समस्याको रुपमा रहेको बाँदर आतंकलाई रोक्न ठोस योजना ल्याउने बताए । उनले आगामी ५ वर्षपछि धनकुटेली जनताले सुखी धनकुटा भन्ने अभियान सार्थक भएको देख्न सकिने पनि बताए ।

०७४ सालमा भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धनकुटामा नेकपा एमालेले ‘क्लीन स्वीप गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनकुटा आएर तत्कालीन जिल्ला पार्टी अध्यक्ष राजेन्द्र राईलाई ‘म्यान अफ द इलेक्सन’ घोषणा गरेका थिए ।

शुक्रबार सकिएको मत गणनामा राईले ३० हजार १ सय १ मत ल्याई प्रतिनिधिसभामा विजयी भएका थिए । निर्वाचनमा ह्याट्रिक भिडन्त गरेका एमालेका राईले गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३ सय ९७ मतान्तरले पछि पार्दै जीत हात पारेका थिए ।

सो पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्ला अध्यक्ष तथा नवनिर्वाचित प्रदेश ख का प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, प्रदेश क का नवनिर्वाचित प्रदेश सदस्य निरन राई, नेकपा एमालेका जिल्ला उपाध्यक्ष चिन्तन तामाङ लगायतको उपस्थिती थियो ।

सो पत्रकार सम्मेलनमा प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख सावित्रा राईले प्रस विज्ञप्ती वाचन गरेकी थिइन् भने मानवी मोक्तानले कार्यक्र सञ्चालन गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...