वाग्मती प्रदेशसभाकी निवर्तमान उपसभामुख राधिका तामाङ विजयी

Radhika tamang

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छन् ।

विजयी तामाङ वाग्मती प्रदेशसभाकी निवर्तमान उपसभामुख हुन् । उनी २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेकी थिइन् । तामाङ १४ वर्षको कलिलो उमेरमै कम्युनिस्ट राजनीतिमा लागेकी हुन् । उनी राज्यमन्त्रीसमेत बनिसकेकी छन् ।

शनिबार बिहान सकिएको मतगणनामा निकतटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुशीलकुमार खड्कालाई ४ हजार ८१९ मतले पराजित गर्दै तामाङ विजयी भएकी हुन् ।
तामाङले १६ हजार १६९ मत प्राप्त गरेकी छन् । खड्काले ११ हजार ३५० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...