तेह्रथुममा एमालेका विजय सुब्बालाई पराजित गर्दै कांग्रेसकी सीता गुरुङ निर्वाचित

Sita gurung

तेह्रथुम । नेकपा एमालेका विजय सुब्बालाई तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी सीता गुरुङ निर्वाचित भएकी छन् ।

०७४ को निर्वाचनमा हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित गुरुङ दोस्रो प्रयासमा यस पटक विजयी भइन् । जिल्लामा नेकपा एमालेका हेबीवेट नेता खापुङले पार्टी छोडेर उम्मेदवारी नदिएपछि गुरुङलाई चुनाव जित्न सहज भएको हो ।

नेकपा एमालेका विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै गुरुङ निर्वाचित भएकी हुन् । गुरुङले १९ हजार ७०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार ६२३ मत पाएका छन् । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा निकट कांग्रेस केन्द्रीय सदस्य गुरुङ ०६४ र ०७० को संविधानसभा निर्वाचनपछि समानुपातिक सदस्य थिइन् । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएकी थिइन् ।

२०४८ र २०५६ को निर्वाचनमा निर्वाचित भएका सुब्बा र एक पटक समानुपातिक सूचीबाट सांसद बनेका एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बा तेस्रो पटक चुनाव जितेर संसद् छिर्ने प्रयासमा असफल बने । जिल्लाबाट तेस्रो पटक प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका सुब्बा यसपटक भने पराजित भए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...