एमाले अध्यक्ष ओली भन्छन्, ‘गठबन्धनबाट मान्छे मार्ने, वुथ लुट्ने, बाकस साट्ने काम भयो’

Kp oli 15

झापा । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन शानितपूर्ण भएको बताइरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कांग्रेसले पाएको सिटको आधा बढी लुटेर ल्याएको बताएका छन् ।

अध्यक्ष ओलीले चुनावमा सत्ता गठबन्धनले राज्य संरचनाको दुरुपयोग गरेका आरोप लगाए । उनले बाकस साटेर र धाँधली गरेर कांग्रेस प्रत्यक्षमा पहिलो भएको दाबी पनि गरे ।

ओलीले सत्ता गठबन्धनले वुथ कब्जा गर्ने, डर त्रास देखाउने मात्र काम नगरी मत गणनामा समेत धाँधली गरेको आरोप लगाएका छन् । मान्छे मार्ने, वुथ लुट्ने, बाकस साट्ने काम सत्ता गठबन्धनले गरेको आरोप लगाउँदै ओलीले ‘विभिन्न डर त्रास र अनुचित क्रियापकलाप भएको दावी गरे ।

‘विभिन्न डर त्रास र अनुचित क्रियापकलाप भए । मान्छे मार्ने, वुथ लुट्ने, बाकस साट्ने काम सत्ता गठबन्धनले ग¥यो,’ ओलीले भने, ‘गएराति धनुषा–२ मा ३ बजेपछि अचानक पाँच सय प्रहरी ल्याएर हुलियो । मतपेटिका गणना गर्न घोप्ट्याइयो । गन्ती गर्न अवरोध भयो भनिएको थियो । तर, १२७ भोटले जित्यो भनेर निर्वाचन अधिकृतले घोषणा गरे । जबकि नेकपा एमालेको उम्मेदवार तीन सय बढीले अग्रता थियो । अग्रता हुँदा–हुँदै गन्दै नगनी घोषणा गरे । योभन्दा नाङ्गो नाच के हुन्छ ? यो भन्दा तानाशाही र अधिनायकवाद के हुन्छ ? अहिले गठबन्धनले त्यस्तो गरेको छ ।’

‘कांग्रेसले अहिलेसम्म आफ्नो ४२ सिटमा जित निकालेको छ । यसको कमसेकम आधाभन्दा बढी सिट लुटेका सिट छन् । अहिले पनि विभिन्न ठाउँमा चुनाव हुन सकेको छैन। बाजुरा, दोलखा स्याङ्जामा चुनाव हुन सकेको छैन,’ ओलीले भने, ‘चुनाव भएर राम्ररी गन्ति भइरहेको ठाउँमा अनेक प्रकारको बखेडा थपेर इलाम जस्ता ठाउँमा धाँधली गर्ने ढिलो गर्ने प्रयास भएको छ । नेपाली जनताले माया गरेको रहेछ, लुट्दा पनि एमालेको घर रित्तो छैन। समानुपातिकमा एमाले पहिलो भएको छ । लोकप्रिय मत प्राप्त गरिरहेको छ ।’

उनले एमालेले देशलाई स्थितरतातर्फ लैजाने प्रयास गर्दा–गर्दै पनि सफल नभएको बताए । जनतालाई सचेत गराउन नसकिएको उनको भनाइ थियो । ‘देश स्थिरतातर्फ लान कोशिस ग¥यौँ । भिजनसहितको एउटै नीतिमा सरकार चलोस् भनेर मिहिनेत ग¥यौँ । तर, देशव्यापी रूपमा जनतालाई पर्यापत सचेत बनाउन सकेनौँ,’ ओलीले भने,‘अल्मल्याउने, भड्काउने, दिशाहीन, नीतिहीन र गन्तव्यहीन क्रियाकलाप चले । दुःखको कुरा हामीले जनतालाई पर्याप्त सजक बनाउन सकेनौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...