हारेपछि पूर्व मुख्यमन्त्री शेरधन राईको आक्रोस, गठबन्धनले कुप्रचार गर्दै पैसा बाढ्यो

Sherdhan rai

भोजपुर । निर्वाचनमा पराजय भएपछि प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले चुनावका क्रममा सत्ता गठबन्धनले भ्रम छर्ने काम गरेको आरोप लगाएका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका राईले हार स्वीकार गर्दै गरेको पत्रकार सम्मेलनमा सत्ता गठबन्धनले पैसा बाँढेर चुनाव जितेको आरोप लगाए । ‘भ्रम, कु(प्रचार, चरित्र हत्या र पैसा वितरण गरे । तर भोजपुरे जनताले स्वच्छता, इमान्दारिता, विकास र पारदर्शिताको पक्षमा माया गरेर भोट दिनु भयो’, उनले भने, ‘आग्रह र पूर्वाग्रहबीच पनि हामीले राम्रो भोट पायौँ ।’

राईले निर्वाचनमा भएका घातअन्तर्घातको पनि निर्वाचन परिणामको समीक्षा हुने बताए । ‘चुनावमा हारजित हुन्छ यसलाई स्वीकारेको छु । म पराजित भएर केही फरक परेको छैन, उनले भने, ‘तर जिल्ला र भोजपुरबासीलाई फरक परेमा अफशोच हुनेछ। सबै मतदाता र शुभेच्छुकलाई निराश नहुन आग्रह गर्दछु । म सबैलाई निराश नहुन हार्दिक आह्वान गर्छु ।’

भोजपुरमा लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन् । उनलेले २८ हजार ५ सय ७५ मत पाएका छन् धने शेरधन २६ हजार १९३ मात्र प्राप्त गरे । उनीहरुबीचको मतान्तर २ हजार ३ सय ८५ थियो ।

यसअघि शेरधनलाई सुदनले ०६४ को संविधानसभा निर्वाचनमा पराजित गरेका थिए । २०७४ सालमा भने राई प्रदेशसभामा विजयी भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...