थापासँगको ह्याट्रिक भीडन्तमा राजेन्द्र राईले मारे बाजी, जिल्ला ‘क्लीन स्वीप’ गर्न माछाको बल

Dkt jit

धनकुटा । २०७४ सालमा भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धनकुटामा नेकपा एमालेले ‘क्लीन स्वीप गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनकुटा आएर तत्कालीन जिल्ला पार्टी अध्यक्ष राजेन्द्र राईलाई ‘म्यान अफ द इलेक्सन’ घोषणा गरे । त्यसको पाँच वर्षपछि फेरि एमालेले धनकुटामा ‘क्लीन स्वीप’ गरेको छ ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको जिल्लामा नेकपा एमालेले सबै स्थानमा जीत हात पार्दै ‘क्लीन स्वीप’ गरेको हो । निर्वाचनमा ह्याट्रिक भिडन्त गरेका एमालेका राईले गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३ सय ९७ मतान्तरले पछि पार्दै जीत हात पारे ।

२०७० र २०७४ का निर्वाचनमा समेत दुवै प्रतिस्पर्धी थिए । २०७० मा थापाले जित हात पारेका थिए भने २०७४ मा राई विजयी भएका थिए । मतदातामा यस पटक कस्ले बाजी मार्ला भन्ने चासो बढेको थियो । सुरुवातदेखि तीव्र प्रतिस्पर्धा रहेकोमा राईले बाजी मार्न सफल भएका हुन् ।

जिल्लामा कुल मतदातामध्ये १ लाख १६ हजार ९ सय ९१ मध्ये ६९ हजार ४ सय ९६ अर्थात् ५९ दशमलव ४० प्रतिशत मत खसेको थियो । त्यसमा पनि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य त्यागेर स्वतन्त्र उम्मेदवार भएका हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत प्राप्त गरी तेस्रो हुँदा सुनील थापालाई जित्न समस्या आयो ।

प्रदेशसभा १ तर्फ एमालेका निरन राई र प्रदेशसभा २ मा सोहि पार्टीका इन्द्रमणी पराजुली विजयी भए । दुवैले दोस्रो कार्यकालका लागि प्रदेशसभामा प्रवेश गरेका हुन् । राईले १७ हजार १८ मत प्राप्त गरी विजयी भए । निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका अर्जुनकुमार राईले १० हजार २ सय २५ मत प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...