झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देन विजयी, लिङ्देनसँग सिटौलाको दोस्रो हार

Rajendra lingden

झापा । झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत लिङ्देनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन् ।

अध्यक्ष लिङ्देनले प्रतिनिधि सभामा दोस्रो यात्रा तय गर्दा ४० हजार ६४८ मत ल्याउन सफल भए । उता पराजित सिटौलाले ३७ हजार ३७२ मत ल्याए । यससँगै लिङ्देनले चौथो पटक प्रतिनिधि सभाको यात्रा तय गरेका हुन्। झापामा नेकपा एमाले र राप्रपाबीच तालमेल थियो ।

प्रतिकृया दिनुहोस