दाङबाट एमाले महासचिव शंकर पोख्रेल १९६ मतले पराजित, माओवादीकी रेखा शर्मा विजयी

Rekha sharma dang

उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् । भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् ।
जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो ।दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् ।

उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा १९६ मतले पराजित गरेकी हुन् । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेल मतगणनाको सुरुदेखि नै पछि परेका थिए । तर अन्तिममा मतान्तर घटाउँदै लगेका थिए । मतान्तर घटाए पनि उनले नतिजा आफ्नो पक्षमा पारेका थिएनन् ।

लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको देउखुरी लैजान सफल उनी त्यही एजेन्डालाई समेत चुनावी परिणाम आफ्नो पक्षमा पार्ने कोसिसमा थिए । तर माओवादी नेतृ शर्माले उनलाई पराजित गरिन् । यससँगै दुई कम्युनिष्टका महासचिव पराजित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...