धनकुटा प्रदेश २ मा एमालेका इन्द्रमणी पराजुली विजयी

Indramani parajuli

धनकुटा । धनकुटा प्रदेशसभा क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी .(एमाले) का उम्मेदवार इन्द्रमणि पराजुलीले विजयी भएका छन् । यो उनको दोस्रो जित हो । उनले २०७४ सालमा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा अर्जुन थापालाई पराजित गर्दै पहिलोपटक निर्वाचित भएका थिए ।

पराजुलीले १५ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी कुशुमकुमारी श्रेष्ठले ११ हजार २ सय ३० मत पाएकी छिन् ।

विजेता पराजुली दोस्रो कार्यकालका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् । श्रेष्ठ पनि यसअघि प्रदेशसभा सदस्य थिइन् । धनकुटा प्रदेश २ मा खसेको मत मध्ये ३१ हजार ७ सय ८७ मत सदर भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम गुरुङले १ हजार ७ सय १५ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका डम्बर कटुवालले ७ सय ७४ मत प्राप्त गरे । नेपाली कांग्रेसबाट बाजी उम्मेदवार बनेका बालानन्द दाहाले भने ६ सय ८ मत प्राप्त गरे । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...