धनकुटामा मतान्तर घटाउँदै सुनील थापा, राजेन्द्र राई लगातार अघिअघि

Rajendra sunil hemraj dhankuta nirbachan

धनकुटा । मत गणनाको अन्तिम चरण हुँदै गर्दा धनकुटामा नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापाले मतान्तर घटाउन थालेका छन् ।

सोमबारदेखि जारी मत गणनाको प्रारम्भदेखि नै पछाडी परेका थापाले अहिलेसम्म नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईलई लिड गर्न सकेका छैनन् ।

नेकपा एमालेका राईले हालसम्म २६ हजार ३६४ मत प्राप्त गरेका छन् भने उनलाई थापाले निरन्तर पच्छ्याइरहेका छन् । थापाले २६ हजार १४० मत ल्याएका छन् । थापा र राई बीचको मतान्तर २२४ को मात्रै छ ।

नेकपा माओवादी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारीले लगातार मत बढाइरहेका छन् । उनले ५ हजार ७५९ मत प्रापत गर्दै लगातार तेस्रो स्थाममा कायम छन् ।

 

प्रतिकृया दिनुहोस