१६ हजार मतान्तरले सल्यान–१ मा एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी

Prakash jwala

सल्यान । नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रतिद्धन्दीलाई १५ हजार ९११ मतान्तरले पराजित गर्दै सल्यान–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

बिहीबार बिहान सम्पन्न मतगणनामा उनी ३५ हजार ७ सय मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन् । सल्यानमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर राई १३ हजार २९ मतका साथ तेस्रो भएका छन् ।

२०३७ सालदेखि राजनीतिमा प्रवेश गरेका ज्वालाले २०५२ सालदेखि संसदीय निर्वाचनमा भाग लिएका थिए । उनले पहिलो पटक २०५६ मा , दोस्रो पटक २०७०, तेस्रो पटक २०७४ जित हासिल गरेका थिए ।

२०५२/०५३ मा शाहबाटै पराजित भएका ज्वालाले यो भन्दा पहिला राजेन्द्रबहादुर शाहलाई २०५६ मा पहिलो पटक पराजित गरेका थिए । अहिलेसम्म चार पटक निर्वाचित भइसकेका ज्वाला २०७४ मा निर्वाचित भएपछि कर्णाली प्रदेशका अर्थ मामिला मन्त्री समेत भएका थिए ।

उनले जिल्लाको मुख्य मार्ग राप्ती राजमार्ग, मदनभण्डारी मार्ग लगायत अन्य मार्गलाई कालोपत्र गर्ने र जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगारी समस्या समाधान गर्नेमा प्रतिबद्धता जनाएका छन् ।

प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्रका भीमप्रकाश शर्मा २२ हजार २४३ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार कुलबहादुर गिरीले १४ हजार २२५ मत पाएका छन् ।

यस्तै ‘ख’ मा नेपाली कांग्रेसका सुरेश अधिकारी २० हजार ४०८ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार गुलाबजंग शाहले १६ हजार ६२८ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...