ललितपुर क्षेत्र नं. ३ बाट डा. तोसिम कार्की निर्वाचित, पम्फा भुसाल तेस्रोमा सीमित

Dr.toshima karki

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

कार्की ३१ हजार १ सय ३६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३ मत ल्याए । त्यस्तै ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७ सय ६९ मत ल्याइन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

योसँगै काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा जित हात पारेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ मा सोबिता गौतम, काठमाडौं -६ मा शिशिर खनाल, काठमाडौं -७ मा गणेश पराजुली, काठमाडौं -८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...