उदयपुर– २ बाट एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

Ammar bahadur

उदयपुर । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् ।

रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याए । त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याउँदै तेस्रो भए ।

४ गाउँपालिका र १ नगरपालिका सहित ५ स्थानीय तह रहेको यस क्षेत्रमा रायमाझीले पहिलो पटकको चुनावी अनुभवमै जित निकालेका हुन् ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा सत्ता गठबन्धन बलियो देखिएको यस क्षेत्रमा नेपाली कांग्रेसका रामकुमार राईले बागी उम्मेदवारी दिएका थिए । जसले गर्दा एमालेको जित सहज भएको सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरु नै बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...