एमालेको दोस्रो जित, काठमाडौं ९ मा कृष्णगोपाल निर्वाचित

Krishnagopal shresth

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

श्रेष्ठका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ र सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन् ।

उनले यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५ र मध्यावधि निर्वाचन २०५१ मा काठमाडौं ७ बाट निर्वाचित भएका थिए । यस्तै, संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि उनी काठमाडौं ९ बाट निर्वाचित भएका थिए । २०५९ सालमा स्थानीय विकास राज्यमन्त्री भएका श्रेष्ठ केपी ओली नेतृत्वको सरकारमा २०७७ सालमा मन्त्री बनेका थिए ।

विद्यार्थी राजनीति हुँदै उनी २०३५ सालदेखि नेकपा (माले)मा आबद्ध भएका थिए । उनी अनेरास्ववियुको त्रिवि कमिटी अध्यक्ष, २०३५ देखि २०४७ सम्म नेकपा (माले) को काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीमा विभिन्न जिम्मेवारीमा रहेका थिए ।

२०४९ मा नेकपा (एमाले) को राष्ट्रिय परिषद सदस्य हुँदै उनी २०५४ मा एमालेको केन्द्रीय सदस्य चयन भएका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठ हाल एमालेका स्थायी कमिटी सदस्य हुन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...