धनकुटामा एमालेको अग्रता कायमै, ९४४ मतले सुनील थापाभन्दा एमालेका राजेन्द्र राई अघि

Rajendra sunil hemraj dhankuta nirbachan

धनकुटा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धनकुटाबाट नेकपा एमालेले शुरुवाती अग्रतालाई कायम राखेको छ ।

धनकुटाको चौविसे गाउँपालिकाको वडा नं. १, २ र ३ तथा महालक्ष्मी नगरपालिकाको वडा नं. १ र २ मत गणना गरिसक्दा नेकपा एमालेका राजेन्द्र राईले २ हजार ८ सय ६ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका सुनीलबहादुर थापाले पच्छ्याइरहेका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले १ हजार ८ सय ६३ मत प्रापत गरेका छन् । स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ८ सय ३ मत पाएका छन् ।

थापा र राईको यो दोस्रो चुनावी प्रतिष्पर्धा हो । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा थापाले धनकुटा २ बाट पराजित गरेका थिए भने २०७४ सालमा भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा राईले थापालाई भारी मतान्तर पराजित गरेका थिए ।

प्रतिकृया दिनुहोस