बाजुरा त्रिबेणीमा गोली चल्दा सञ्जिव अएडीको मृत्यु, २ जना घाइते

Bajura news

बाजुरा । जिल्लाको त्रिबेणी नगरपालिका वडा न ७ मा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिबेणी नगरपालिका ७ का सञ्जिव अएडी रहेका छन् ।

घाइते भएका स्थानीय २ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नाट्यस्वरी आधारभुत बिद्यालयमा रहेको मतदान केन्द्रमा सुरक्षाकर्मीले गोली चलाउदा अएडीको मृत्यु भएको जनाएको छ ।

तकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ । यस क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन् । घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको छ । उक्त स्थानमा अहिले मतदान पनि रोकिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...