२५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान प्रभावित, १५ वटा केन्द्रमा स्थगित

Matadan sthal

काठमाडौं । देशभर २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको छ । आइतबार बिहानैदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेकोमा विभिन्न विषयमा विवाद तथा झडप हुँदा २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान रोकिएको थियो ।
प्रहरीकाअनुसार रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, हुम्ला लगायत जिल्लाहरुमा हवाई फायर भएको हो ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईका अनुसार मतदान रोकिएकामध्ये ३२ वटामा पुनः मतदान सुरु भइसकेको छ भने बाँकी ठाउँहरूमा मतदान कार्य नरोक्न छलफल चलिरहेको छ ।

डीआइजी राईले विवाद र झडप हुँदा स्थिति नियन्त्रण गर्न प्रहरीले १५ ठाउँमा गोली चलाएको जानकारी दिए । प्रहरीले विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १५ ठाउँमा ३५ राउन्ड हवाई फायर गरेको छ ।
आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...