इश्वर पोख्रेलको निर्वाचन क्षेत्रको प्रदेशसभा ‘ख’ का उम्मेदवार दीपक निरौला पक्राउ

Dipak niraula pakrau

काठमाडौं । स्थिर समय (मौन अवधि) मा मतदातालाई पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’ का उम्मेदवार दीपक निरौला पक्राउ परेका छन् ।

शुक्रबार साँझ मतदातालाई मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले निरौलासहित ३ जनालाई हात्तीगौंडास्थित युरो स्कुल नजिकैबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा निरौलासहित बूढानीलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बूढानीलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोल छन् ।

काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेकपा एमालेका नेता ईश्वर पोखरेल चुनावी मैदानमा छन् । प्रहरीले भने स्थानीयको भीडले घेरा हालेपछि उद्धार गरी सुरक्षामा राखिएको दाबी गरेको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले भीडले घेरा हालेपछि दुई जनालाई उद्धार गरी प्रहरीको सुरक्षामा राखिएको बताए । यस विषयमा अनुसन्धान भइरहेको उनले बताए । अहिलेसम्म पैसा भने बरामद नभएको प्रहरीले जनाएको छ ।

यता, पक्राउ गरेको निरौलाले कांग्रेसले समाजलाई आतंकित बनाउन खोजेको आरोप लगाएका छन् । प्रहरी नियन्त्रणमै रहेका उनले सामाजिक सञ्जालमार्फत बिरामी रहेका तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक कुरा निकालेर आतंकित गर्न खोजिएको दाबी गरेका छन् ।

'म क्यान्सर रोगबाट लामो समयदेखि पीडित बिरामी तोक्मान लामासँग कुराकानी गरिररहँदा अनावश्यक कुरा निकाली समाज आतंकित पार्ने कार्य नगरेको राम्रो हुन्छ । म राजनीतिक प्राणी हुँ । गैरराजनीतिक काम मेरो आदर्श हैन । मेरो चुनौती छ, मित्रहरु आरोप पुष्टि गर्नुस् । बरामद केही छ भने सप्रमाण आउनुस्,' निरौलाले फेसबुकमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...