भोजपुरमा प्रचण्ड आउनुअघि नै बम विष्फोट, १ जना घाइते

किँराती भन्छन्, ‘विप्लव’ लाई प्रयोग गरेर एमालेले बम विष्फोट गरायो

Bhojpur tiwari bhanjhyang

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका -२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । सो विष्फोटमा परी एक जना घाइते भएका छन् ।

सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिए ।

विस्फोटमा परेर ३५ वर्षीय सुमन श्रेष्ठलाई खुट्टामा सामान्य चोट लागेको छ । श्रेष्ठलाई नजिकैको मेडिकलमा उपचार गरी थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रण लिएको छ । यो सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसमेत सहभागी हुने तय थियो । तर उनी कार्यक्रमस्थलमा नपुग्दै विस्फोट भएको हो ।

यता, नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा भोजपुरबाट गठबन्धनका उम्मेदवार सुदन किरातीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको आरोप लगाएका छन् ।

‘हामीले तिवारी भन्ज्याङमा चुनावी सभा राखेका छौं । कार्यक्रम नजिक एक जना भाइले बोकेको बम विस्फोट भयो । बिचरा भाइ अहिले घाइते भएपछि प्रहरीले पक्राउ गरिसक्यो,’ किरातीले भने,‘चुनावमा हार्ने भएपछि एमालेले जहिल्यै यस्तै यस्तै घटना घटाउँछ । त्यस्ता क्रियाकलापको घोर भत्र्सना गर्दछु ।’ गठबन्धनबाट उम्मेदवार रहेका किरातीसँग एमालेका शेरधन राई चुनावी मैदानमा उत्रिएका छन् ।

 

प्रतिकृया दिनुहोस