धनकुटा ‘क’ मा टेष्टेड पूर्वमन्त्री र निवर्तमान सांसद चुनावी प्रतिष्पर्धामा : यसकारण पनि जित नजिक छन् अर्जुन राई

Arjun rai 30

धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धनकुटा प्रदेश ‘क’ मा रोचक भीडन्त हुने देखिएको छ ।

धनकुटालाई विगतमा नेकपा एमालेको गढ मानिँदै आएको थियो । तर, गत वर्ष एमालेमा भएको विभाजन र पाँच वर्षसम्म स्थानीय तहमा भएको ब्रम्हलुटका कारण एमालेले आफ्नो हैसियतलाई गुमाएको मात्रै छैन, स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा हँदैसम्म खुम्चिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा सात वटै पालिका र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ३ वटै क्षेत्र जितेर क्लीन स्वीप गरे पनि पाँच वर्षमा ३ वटा पालिकामा खुम्चिएको एमालेलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जित हात पार्न फलामको चिउरा चपाउनु सरह नै भएको छ ।

प्रदेश क का ३ वटा पालिका जितेको एमालेलाई यो निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार अर्जुनकुमार राईको उम्मेदवारीले एमालेका उम्मेदवार निरन राईको मथिंगल नै हल्लाइदिएको छ । यसको मुख्य कारण भनेको ५ वर्षको अवधीमा निरन राईले जनताको सिन्कोभाँची काम नगर्नु नै हो ।

राम्रा छवी बनाएर युवा पुस्तामा परिचित अर्जुन सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । त्यसका अलावा उनी स्पष्ट वत्ता हुन् । उनले एमालेमा रहँदा जनप्रतिनिधिहरुले गरेका कामको भण्डाफोर गर्दै सही काम गर्न दिएको सुझावसहितको भाषणले युवा पुस्तालाई तानेको छ ।

धनकुटामा निवतृमान प्रदेश सभा सदस्यसमेत रहेका नेकपा एमालेका जिल्ला सचिव निर राईप्रति जनताको असन्तुष्टी बढ्दै गएको छ । पाँच वर्षको अवधीमा जिल्लामा केही काम नगरेपछि जनता आक्रोसित छन् । उनलाई धेरैले गौं प्राणीको संज्ञा दिने गरेका छन् ।

उता पूर्वमन्त्री चेम्जोङलाई भने सत्तालिप्साको आरोप लाग्ने गरेको छ । यतिसम्मकी उनकै कारण सत्ता गठबन्धन भत्किएको धेरैको बुझाई छ । उनले घुमाउँरो शैलीमा एमालेलाई सहयोग गरेको आरोप पनि लाग्ने गरेको छ ।

रोचक कुरा त यो छ की पहिलोपटक चुनावी प्रतिष्पर्धामा उत्रिएका राई कुनै बेला रकम चेम्जोङको विश्वास पात्र थिए । त्यही भएर पनि उनी शान्ति मन्त्री हुँदा स्वकीय सचिव भएर काम गरे । त्यो बेला चेम्जोङको कार्यकाल सफल बनाउन उनले ठूलै भुमिका निर्वाह गरे ।

चेम्जोङ शान्ति मन्त्री हुँदा जे जति विकास निर्माणका कामहरु भए, त्यसमा अर्जुन राईको उत्तिकै देन छ । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बनेको मन्त्रीपरिषदमा चेम्जोङ शान्ति तथा पुनर्निर्माण मन्त्री थिए । उनका पालामा जिल्लामा विद्यालय भवन, स्वास्थ्य चौकी, गाविस भवन, प्रहरी चौकी लगायतका संरचना निर्माणमा प्राथमिकता पाएको थियो । उनै मन्त्रीका प्रमुख स्वकीय सचिव थिए अर्जुन राई ।

सो समयमा उनीहरू दुवै नेकपा एमालेका नेता थिए । त्यसबेला मन्त्री रकम चेम्जोङ नेकपा एमालेका केन्द्रीय सदस्य र उनका प्रमुख स्वकीय सचिव अर्जुन राई नेकपा एमाले निकट धनकुटा–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष थिए ।

हिजोका गुरुचेला आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धी छन् । दुवैले आफु जित्ने दावी गरिरहेका छन् । तर २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा चेम्जोङले पाएको मत र बैशाखमा सम्पन्न स्थानीय तहमा चेम्जोङ आवद्ध जनता समाजवादी पार्टीले पाएको मतलाई मात्रै आधार मान्ने हो भने राई र चेम्जोङबीच कुनै प्रतिष्पर्धा नै नहुने देखिन्छ । किनभने नेकपा एकीकृत समाजवादीका धनकुटा अध्यक्षसमेत रहेका राई लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुन् । तर चेम्जोङलाई जसपाको मात्रै साथ मिल्नेछ । जसपाको मतले चेम्जोङलाई जित दिलाउन असम्भव जस्तै छ ।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट धनकुटा प्रदेश ‘क’ का साझा उम्मेदवार हुन् धनकुटा नगरपालिका वडा नं. १ हिलेमा जन्मिएका युवा नेता राईलाई धनकुटेली जनताको साथ र सहयोगले मंसिर ४ गते हुने निर्वाचनपछि प्रदेशसभासम्म पु¥याउने पक्कापक्की छ ।

धनकुटाको प्रदेश ‘क’ मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राई जिल्लामा उर्जावान र निक्कै सक्रिय युवाको रुपमा चिनिन्छन् । युवा नेताको छवी बनाएका अर्जुन राईको दाबी अस्वभाविक भने छैन । किनकी राई जुधारु युवा मात्रै होइनन्, धनकुटाका लागि वौद्धिक नेता पनि हुन् । उनलाई पुराना र नयाँ पुस्ताको नेताहरुले अध्यनशील नेताको रुपमा चिन्छन् ।

आफुले अहिले युवा, महिला, दलित, आदीवासी र पिछडिएका धनकुटेलीको समस्या बुझेको र ती सबै समस्या पूरा गर्न लामो समयदेखि लागेका कारण आफ्नो जित सुनिश्चित रहेको उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस