निर्वाचनमा प्रतिगमन परास्त हुनेगरी जनताले एकता प्रदर्शन गर्नुपर्छ : दाहाल

Prachanda

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन परास्त हुनेगरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताएका छन् ।

चितवनमा गठबन्धनले शनिबार आयोजना गरेको चुनावीसभामा दाहालले देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरुलाई पूरै पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताएका हुन् ।

'जसरी १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रमा एकताको प्रदर्शन हामीले गर्‍यौं, त्यसैगरी आउने मंसिर ४ को निर्वाचनमा पनि देशभरिका जनताले गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरु पूरै पराजित हुनेछन्,' उनले भने, 'स्थिरता र विकासको एउटा नयाँ मार्ग खुल्नेछ ।'

दाहालले यो निर्वाचन देशलाई अगाडि लैजाने कि पछाडि धकेल्ने भन्ने जनमतसंग्रहजस्तै भएको बताए । 'चितवनवासी जनसमुदायलाई म अपिल गर्न चाहन्छु, हामीले इतिहासको यो अवसरलाई विल्कुल गुम्न दिनु हुँदैन । यो निर्वाचन वास्तवमा विकास, समृद्धिको नयाँ यात्रातिर देशलाई लैजाने हो या अराजकता, निरंकुशता, सामन्तीतन्त्रतिर लैजाने भन्ने जनमतसंग्रहजस्तो हुँदैछ,' उनको भनाइ थियो ।

गठबन्धन बनेपछि प्रतिगमनको खतरा कम बन्दै गएको र अग्रगमन विजयी बन्दै गएको दाहालले बताए । 'संविधान रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाको पुनित उद्देश्यले नै यो गठबन्धन बनेको हो । यो गठबन्धन बनेपछि सकारात्मक दिशामा देश अगाडि बढेको छ । मुख्यत: स्थानीय तह निर्वाचन गठबन्धनको तर्फबाट सम्पन्न गरियो । ७५३ वटा स्थानीय तहको सरकार ५ वर्षका लागि बनेका छन् । प्रतिगमनको खतरा कम बन्दै गएको छ, अग्रगमन विजयी बन्दै गएको छ,' उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...