राप्रपालाई भोट माग्दै मनिषाले भनिन् : वीपीलाई सबैले बिर्सिए, लिङ्देनले सम्झिए

Manisha koirala

पोखरा । चर्चित अभिनेत्री मनिषा कोइरालाले वीपी कोइरालालाई सबैले बिर्सिएको भए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्झिराखेको बताएकी छिन् ।

स्याङ्जाको वालिङ हुँदै पोखरा आएकी उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई संवोधन गर्दै उनले वीपीको बाटोमा हिँडेकै कारण आफू लिङ्देनसँग उभिएको बताइन् ।

‘वीपी बाले देखाएको बाटो, राष्ट्रिय मेलमिलाप, राजसंस्था र मल्टिपार्टी डेमोक्रेटिक सिस्टम, त्यसले नै देशलाई सुदृढ गर्छ भनेर विपीले जुन बाटो देखाउनुभएको थियो, त्यो साँच्चै उहाँले नै उठाउनु भएको छ । म त्यसकारणले पनि यहाँ उभिएकी छु,’ वीपीकी नातिनी मनिषाले भनिन् ।

मनिषाले भाषणको सुरुमै लिङ्देनले गाउँमा नेता आउँदा चोर भन्छन् भनेर गरेको भाषण असाध्यै मन परेको सुनाइन् ।


‘चोर भनेको कस्तो हो त भन्दाख हामीलाई वचन दिने, हामीलाई आशा दिने, सपना देखाउने अनि त्यसकै चोरी गर्ने, होइन त रु उहाँले भन्नुभएको छ भ्रस्टाचार गर्‍यो भने आमाको रगत खानेजस्तो हुन्छ । त्यसैले म उहाँको साथमा उभिएको छु,’ लिङ्देनको प्रशंसा गर्दै मनिषाले भनिन्, ‘मैले प्रमिस पनि लिने छु, जुन वचन उहाँले दिनुभएको छ, त्यसमा अटल रहनुहुन्छ ।’

राप्रपाको चुनावी घोषणपत्रका सबै बुँदा मन परेको उनले बताइन् । उनले राप्रपालाई जिताएर राजसंस्था फकाउनु पर्ने आशय व्यक्त गरेकी छन् । वीपी कोइराला र राजा महेन्द्रबीच आदर भाव हुँदाहुँदै पनि सहकार्य गर्न नपाउँदा मुलुकले अवसर गुमाएको उनको भनाइ थियो ।

‘अहिले हाम्रो ढोकामा त्यो मौका आएको छ । यो मौकालाई हामीले व्यर्थ हुन दिनु हुँदैन,’ उनले भनिन् । मनिषाले राप्रपाको पोखरामा भएको चुनावीसभालाई मात्र तीन मिनेट सम्बोधन गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...