दोलखामा एमाले भन्दा गठबन्धन १२ हजार भोट अगाडी

Dolakha prachar

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दोलखामा लोकतान्त्रिक-बाम गठबन्धनलाई हाईसन्चो देखिएको छ । एउटा मात्र संघिय निर्वाचन क्षेत्र रहेको दोलखामा वैशाखमा सम्पन्न स्थानीय निर्वाचनले गठबन्धनका सबै उम्मेदवार ग्रीन जोनमा देखिएका छन् भने एमालेका उम्मेदवारलाई संकट देखिएको छ ।

एमाले हाल फुटसहित एक्लिएको छ भने माओवादी, कांग्रेस र एकीकृत समाजवादी एकै गठबन्धनमा छन् । जिल्लाका ९ मध्ये ७ पालिकामा यो गठबन्धनको नेतृत्व छ । फुटेको एमालेभित्र पनि गुट/उपगुट छन् । स्थानीय निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन लागि पर्ने एमालेका उम्मेदवारलाई अन्तरघात दोहोरिने चिन्ता छ ।

दोलखाको प्रदेशसभा ‘क’ मा जिरी नगरपालिकासहित तामाकोशी, बैतेश्वर, मेलुङ्ग र गौरीशंकर गाउँपालिका रहेका छन् । ५ पालिका मध्ये जिरी र मेलुङ्ग एमालेले जितेको छ भने बैतेश्वर कांग्रेस, गौरीशंकर माओवादी र तामाकोशी समाजवादीले जितेका छन् ।

त्यसैगरि प्रदेशसभा ‘ख’ मा जिल्ला सदरमुकाम रहेको भिमेश्वर नगरपालिकासहित कालिन्चोक, शैलुङ्ग र बिगु गाउँपालिका रहेका छन् । ४ पालिका मध्ये बिगु र शैलुङ्ग माओवादीले जितेको छ भने भिमेश्वर र कालिन्चोक कांग्रेसले जितेको छ ।

९ वटै पालिका प्रमुखको मतलाई आधार मान्ने हो भने गठबन्धनसँग ५१ हजार ५७२ मत (कांग्रेस २२५००, माओवादी १८६६८ र समाजवादी १०४०४) रहेको छ भने एमालेको ३९ हजार ३२० मत रहेको छ । पालिका प्रमुखको मतलाई कट अफ पोइन्ट मान्दा एमाले गठबन्धन भन्दा १२ हजार २५२ मत पछाडी छ ।

स्थानीय तहमा वडा अध्यक्षले पाएको मतलाई आधार बनाउने हो भने गठबन्धनसँग ५३ हजार ९६५ मत (कांग्रेस ३३४३९, माओवादी १७३७५ र समाजवादी ३१५१) रहेको छ भने एमालेको ३९०५० मत रहेको छ । वडा अध्यक्षको मतलाई कट अफ पोइन्ट मान्दा एमाले गठबन्धन भन्दा १४९१५ मत पछाडी रहेको छ । वडाअध्यक्षमा राप्रपाको पनि १५११ मत रहेको छ c

हाल ग्रीन जोनमा रहेको सत्ता गठबन्धनबाट संघमा माओवादी केन्द्रका गंगा कार्की (विश्व), प्रदेश (क) मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेश (ख) मा कांग्रेस कै बर्मा लामा उम्मेदवार छन् । एमालेबाट बालकृष्ण शिवाकोटी संघिय उम्मेदवार छन् । उनलाई एमाले भित्रै आनन्द पोखरेलको टिकट खोसेको आरोप छ । प्रदेश क मा नरबहादुर श्रेष्ठ उम्मेदवार छन् भने प्रदेश ख मा भरत केसी उम्मेदवार छन् । भरत केसी स्थानीय निर्वाचनमा मेयरको टिकट हरिवंश चौलागाईंबाट खोसिएका व्यक्ति हुन् । चौलागाईं आनन्द कै गुटका हुन् । चौलागाईंको आन्तरिक टिमले केसीले अन्तर्घात गरेर चुनाव हराएको आरोप लगाउदै आएको छ । फेरि आनन्दको पनि टिकट खोसिएपछि यो समूह पुरै असन्तुष्ट छ ।

पालिका अध्यक्षले पाएको मतलाई आधार मान्दा प्रदेश (क) मा गठबन्धनको २७०९१ मत छ भने एमालेको १८५१३ मत छ, यो आधारमा गठबन्धन एमाले भन्दा ८५७८ मत अगाडीको स्थितिमा छ । यता प्रदेश (ख) मा गठबन्धनको मत २४२८१ छ भने एमालेको जम्मा २०८०७ छ । प्रदेश (ख) मा पनि गठबन्धनको मतान्तर एमाले भन्दा ३४७४ रहेको छ ।

समग्रमा प्रतिनिधिसभामा गठबन्धनको ५१५७२ मत रहेको छ भने एमालेको ३९३२० मत रहेको छ । प्रतिनिधिसभा तर्फ एमाले गठबन्धन भन्दा १२ हजार ५२ मत अगाडी छ । स्थानीय निर्वाचनमा वडा अध्यक्ष र पालिका अध्यक्षले पाएको मतलाई आधार मान्दा गठबन्धनका तिनै उम्मेदवार ग्रीन जोनमा छन् भने एमालेका तिनै उम्मेदवार रेड जोनमा ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...