एमालेमा टिकट लिन धनाड्य हुनु पर्ने रहेछ, सर्वहाराले पार्टी छाड्यौ !

Shailung prabesh

दोलखाको शैलुङ गाउँपालिकामा एमालेका वडा सचिव सहित दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले शैलुङ गाउँपालिका २ वडा कमिटीका सचिव राम कुमार थापा मगर सहित दर्जन बढी नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई सोमबार काठमाण्डौँमा आयोजित एक समारोहमा दोलखाबाट गठबन्धनका प्रतिनिधी सभा सदस्य उम्मेद्वार माओवादी केन्द्रका नेता गङ्गा कार्की विश्वले पार्टीमा स्वागत गरे । यसरी प्रवेश गर्नेहरुमा मगर संघ दोलखा काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष मकर बहादुर थापा मगर, साजन मगर, सिरिस मगर, सिद्धि बहादुर मगर लगायत रहेका छन् ।

एमाले पार्टी कुनै विधि र पद्धतीमा नचलेको र नेताको निहित स्वार्थमा चलेर देश र जनतालाई गम्भिर धोका दिएको निस्कर्ष सहित आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको उनीहरुको भनाई छ । संसद नै विघटन गरेर जनमत कुल्चिने पार्टीलाई फेरी किन चुन्ने भन्दै आफुहरुले अलग बाटो रोजेको उनीहरुले बताए । उनीहरु मध्ये एक जनाले भने एमालेमा राजनीतिलाई भन्दा व्यापार गर्ने हाबी भए त्यसैले एमाले छाड्नु पर्यो, एमालेमा टिकट लिन धनाड्य हुनु पर्ने अवस्था आयो ।

प्रतिकृया दिनुहोस