चुनावका बेला ऐन महरलाई आपतै आपत, फेरि भाईरल बन्यो गोली चलाएको भिडियो (भिडियोसहित)

Ain mahar

बझाङ । नेकपा एमालेका युवा नेता ऐन महर बेलाबेला विवादमा तानिने गर्छन् । त्यसमा पनि चुनाव आएको बेला उनी बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार बनेका छन् ।

यही बेला महरले गोली चलाएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । ८० लाख रुपैया बराबरको टेन्डरको ठेक्का कब्जा गर्न करिब १३ बर्ष पहिला महरले त्रिचन्द्र क्याम्पसमा गोली चलाएको भिडियो अहिले चुनावको मुखैमा आएर भाईरल बनेपछि उनको ‘गुण्डागर्दी विगत’का बारेमा टिकाटिप्पणी शुरु भएका छन् ।

एमाले नेता महरको गोलीकाण्डको भिडियो यस्तो समयमा भाईरल बन्यो कि जतिबेला महर बझाङ जिल्लाबाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको चुनाबी मैदानमा छन् । १३ वर्ष पहिलाको यो गोलीकाण्डको भिडियोले बझाङमा एमाले कार्यकताहरुलाई समेत महरको पक्षमा खुलेर भोटमाग्न संकट पैदा गरिदिएको छ ।

त्रिचन्द्र क्याम्पसले नयाँ भवन बनाउनका लागी आब्हान गरेको टेन्डर कब्जा गर्नका लागि ऐन महरले २०६६ साल जेठ २२ गते क्याम्पस परिसरमा गोली चलाएका थिए । क्याम्पस परिसरमा पेस्तोल र खुँडाखुकुरी सहित प्रवेस गरेर महर नेतृत्वको समुहले अन्धाधुन्दा गोली र खुकुरी प्रहार गर्दा करिब आधा दर्जन विद्यार्थी घाईते भएका थिए । महर नेत्रृत्वको समुहले गोली पड्काउदै टेन्डर कब्जा गर्दा प्रहरी प्रशासन भने रमिते बनेर हेरिरहेको दृश्य सामाजिक संजालमा भाईरल भएको भिडियोमा देख्न सकिन्छ ।

उक्त घटनामा नेपाल विद्यार्थी संघका करिब आधा दर्जन विद्यार्थीहरु घाईते भएका थिए । पेस्तोल र तरवार सहित क्याम्पस प्रवेस गरेको महर नेत्रृत्वको समुहले क्याम्पस प्रमुख र स्वबियू कार्यकक्षमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेको टेन्डरको ठेक्का कब्जा गरेको थियो ।

न्यूजनेपाल डट कम नामक युटुय्व च्यानलमा ५ जुलाई २००९ मा अपलोड भएको उक्त भिडियो अहिले आएर एक्कासी भाईरल बनेको हो । महर ती नै विद्यार्थी नेता हुन् जसले विगतमा विभिन्न स्थानमा ठेक्कापट्टा र टेन्डर कब्जा गरेर अकुत सम्पति आर्जन गरेको आरोप खेप्दै आएको छ ।

निर्वाचनकै मुखमा यसरी विगतको भिडियो भाइरल बनेपछि महरलाई जिल्लामा समस्या आएको छ । अब यसै भिडियोले महरलाई निर्वाचनमा मतादाताले नपत्याउँलानकी भन्ने आशंका जन्मिएको छ । साथै निर्वाचनका बेला किन पुरानो भिडियो भाइरल बनाइयो भनेर खोजी कार्य थालिएको छ । 


Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...