धनकुटामा विभिन्न पार्टीबाट २ सय कार्यकर्ता एमालेमा प्रवेश

Party prabesh uml

धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दै राजनीतिक दलहरुले विभिन् पार्टीबाट कार्यकर्ता भित्र्याउने गर्छन् । यसैक्रममा धनकुटामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गराएको छ ।
नेकपा एमाले धनकुटाले शनिवार जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गराएको हो ।

माओवादी केन्द्र चौविसे गाउँपालिका ४ नं. वडा कमिटीका अध्यक्ष रोशन भण्डारी, गाउँ कमिटी सचिवालय सदस्य मात्रिका घिमिरे, नेपाली कांग्रेस सहिदभूमि–५ नं. वडा कमिटी सचिव रविना राई सहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली, उपाध्यक्ष चिन्तन तामाङ्ग, सचिव निरन राई लगायतले फुलमाला, अविर, ढाका टोपी लगार्इ दिएर नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको चौविसे, सहिदभूमि, पाख्रीवास लगायत पालिकाबाट २ सय १४ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ । उनीहरुलाई पार्टी प्रवेश गराउका लागि एमालेले ‘बृहत पार्टी प्रवेश’ कार्यक्रम आयोजना गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामै रहने

Top bahadur rayamaghi and indra jit rai

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष...