प्रधानमन्त्री देउवा चढ्ने सेनाको हेलिकोप्टरको पैसा कांग्रेसले बेहोर्ने

Sherbahadur deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चढ्न प्रयोग गरिरहेको नेपाली सेनाको हेलिकोप्टरको खर्च सरकारी कोषबाट भइरहेको चर्चाचलिरहेका बेला सो खर्च नेपाली कांग्रेसले ब्यहोर्ने भएको छ ।

सत्तारुढ गठबन्धनको चुनावी अभियानमा प्रयोग गरेको हेलिकोप्टरको खर्चबारे निर्वाचन आयोगले चासो दिएपछि भाडा कांग्रेसले ब्यहोर्ने भएको हो ।

यसअघि गठबन्धनले सातै प्रदेशमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा जाँदा सेनाको हेलिकोप्टर प्रयोग गरेको विषयमा निर्वाचन आयोगले चासो राखेको थियो । आयोगले सेनाको हेलिकोप्टर प्रयोगमा भएको खर्चबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सोधेको थियो ।

निर्वाचन आयोगले बुधबार मात्रै चुनावी अभियानमा जाँदा सरकारी सवारी साधन र स्रोत साधान प्रयोगमा निषेध गरेको छ । आयोगले चुनावी प्रचारमा सरकारी स्रोत प्रयोग निषेध गरेको अवस्थामा देउवाले चढ्ने सेनाको हेलिकोप्टरको भाडा पार्टीले तिर्ने भएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीसहितका उच्च सरकारी अधिकारीलाई सुरक्षा निकायले निजी हेलिकोप्टरमा यात्रा अनुमति नदिने भएकाले यस्तो विकल्प रोजिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले सेनाको हेलिकोप्टर प्रयोग गर्दा लाग्ने खर्च सबै पार्टीले ब्यहोर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...