एमालेको घोषणपत्रमा फेरि मनोरेलकै कुरा, कहिले होला पूरा ? (घोषणापत्रको पूर्ण विवरणसहित)

Kp oli 15

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । याक एन्ड यति होटलमा आयोजित एक कार्यक्रममा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनावी घोषणा पत्रको डिजिटल अनावरण गरेका हुन् । उनले होटल याक एन्ड यतिमा एक कार्यक्रमबीच उक्त घोषणा पत्रको डिजिटल भर्सन सार्वजनिक गरेका हुन् ।

एमालेले आर्थिक वृद्धिका आधारमा मात्रै सबै प्रकारका सामाजिक सुरक्षा भत्ताहरु बढाउने घोषणा गरेको छ । २०७४ सालको निर्वाचनमा एमालेले मासिक ५ हजार वृद्धभत्ता पुर्‍याउने घोषणा गरेको थियो । तर, अहिले मासिक ४ हजार रुपैयाँ भत्ता दिने गरिएको छ । यसपटक एमालले रकमको सीमा तोकेर वृद्धभत्ता दिने आश्वासन दिएको छैन ।

ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने एमालको घोषणापत्रमा उल्लेख छ ।

‘अधिकांश श्रमिक तथा कर्मचारी सामाजिक सुरक्षाको दायरामा आएका हुनेछन् । औपचारिक क्षेत्रका सबैर अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन्,’ घोषणापत्रमा भनिएको छ, ‘स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छ ।’

एमालेले ५० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेको छ । घोषणापत्रमा वर्षायाममा मासिक ५० यनिट र हिउँदयाममा मासिक ३० यनिट विद्युत निःशुल्क उपलब्ध गराइने उल्लेख छ ।

एमालेले ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने दुई वर्षमा विद्युतमा पहुँच पुग्ने जनसंख्या शत प्रतिशत पुर्‍याइने बताएको छ । घोषणापत्रमा ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुर्‍याइने उल्लेख छ ।

आगामी तीन वर्षमा सतह तथा भमिू गत सिंचाइबाट तराई–मधेसको थप तीन लाख हेक्टर जमिन सिञ्चित गर्ने भन्दै एमालले सिंचाइलाई वर्षायामको बिजली महसुलमा ५० प्रतिशत र हिउँदयाममा २५ प्रतिशत छुटको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

एमालेले नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको छ । त्यस्तै, एमालेले पूर्व-पश्चिम राजमार्गसँग समानान्तर हुनेगरी विद्युतीय रेलमार्ग पनि सञ्चालन गर्ने बताएको छ ।

'छिमेकी मित्र राष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याइनेछ । नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने छ,' एमालेको यसपटकको घोषणापत्रमा उल्लेख छ, 'निर्माणाधीन पूर्व-पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास-निजगढ खण्डको निर्माणकार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ, निजगढ बुटवल खण्डको निर्माण कार्य अघि बढाइनेछ, बाँकी भागको जग्गा अधिग्रहण कार्य गरिने छ । रसुवागढी–काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया सरु गरिनेछ । सबै महानगरहरूमा काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पड-वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनको लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिने छ ।'

पानीजहाज सञ्चालन गर्नेबारे पनि २०७४ को घोषणापत्रमा उल्लेख थियो । त्यो घोषणापत्रमा भनिएको थियो, 'भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गरिने छ ।' २०७४ सालमा एमाले र माओवादी केन्द्र गठबन्धनले झन्डै दुईतिहाइ सिट जितेको थियो भने ओली साढे ३ वर्ष प्रधानमन्त्री बनेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...