सत्ता गठबन्धनका शीर्ष नेताहरुको फेरि आयो अर्काे अपिल, पार्टीभित्रको समस्या समाधान गर्ने प्रतिवद्धता

3 leader

काठमाडौं । आमागी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथाप्रदेश सभा निर्वाचनमा घातअन्तरघातको चर्चा चलिरहँदा सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष चार नेताले फेरि एक पटक आफूहरुलाई भोट दिएर जिताउन मतदातालाई अपिल गरेका छन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूले केही स्थानमा देखिएको विवाद छिट्टै समाधान गर्ने पनि बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै केही स्थानमा विवाद रहेको र त्यसलाई छलफलमार्फत निष्कर्षमा पुर्‍याउने बताएका हुन् ।

उनीहरुले केही स्थानमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्‍याउन प्रतिवद्ध रहेको बताउँदै असन्तुष्ट कार्यकर्तालाई फकाउने प्रयास पनि गरेका छन् । चार शीर्ष नेताले गठबन्धनकोतर्फबाट सहमतिका उम्मेदवारहरुको सूची पनि शुक्रबार नै सार्वजनिक गरिएको बताएका छन् ।

उनीहरुले केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी तय गरिएको पनि बताएका छन् । ती स्थानहरुमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गरे चुनावमा जाने निर्णय भएको उनीहरुले जनाएका छन् ।

विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा पार्टी नेपालका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

यसअघि कात्तिक १ मा पनि सत्तारुढ गठबन्धनले प्रतिगमन अझै पनि कायमै रहेको बताउँदै आफूहरुलाई भोट दिन भनेका थिए । तर त्यसबेला जनमोर्चाले उक्त अपिलमा हस्ताक्षर गरेको थिएन ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...