निर्वाचन आयोगद्वारा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकासन

Nirwachan aayog

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुने समानुपातिकतर्फको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित गरेको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ हजार १ सय ९९ जना उम्मेदवार रहेका छन् ।

दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी आयोगले बुधबार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम अन्तिम बन्दसूची प्रकाशित गरेको हो ।

प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ को लागि ६ सय १६ जना, मधेश प्रदेशको लागि ८ सय ६३ जना, वाग्मती प्रदेशको लागि ७ सय ५४ जाना, गण्डकी प्रदेशको लागि ३ सय ४४ जना, लुम्बिनी प्रदेशको लागि ५ सय ७९ जना, कर्णाली प्रदेशको लागि २ सय जना र सुदूरपश्चिम प्रदेशको लागि ३ सय ५२ जना उम्मेदवारहरू रहेका छन् ।

आयोगले राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची बुधबार प्रकाशन गरेको छ ।

समानुपातिकतर्फ दलहरुले पेस गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५ सय ५० जना व्यक्तिहरुको नाम आयोगले यसअघि नै सूचीबाट हटाइसकेको छ । दलहरूले पेस गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी ६ हजार ४ सय ५७ जना उम्मेदवारहरू छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...