बझाङ कांग्रेसले भन्यो, गठबन्धनका उम्मेदवारलाई जिताउन हामी एक ढिक्का छौं

Congress bajhang

काठमाडौं । नेपाली कांग्रेस आवद्ध बझाङका प्रभावशाली नेताहरुले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवाहरुलाई जिताउन एकढिक्का र ईमान्दार भएर लाग्ने सामुहिक प्रतिवद्धता जनाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस बझाङका शीर्ष नेताहरुको भेलाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन सिंगो कांग्रेस एक भएर मैदानमा जाने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको सिट बाँडफाँडमा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङ नेकपा (एकीकृत समाजवादी) को भागमा परेपछि कांग्रेस नेताका केही नेताहरु रुष्ट भएका थिए । आसन्न निर्बाचनको बिषयमा निर्णय गर्न छलफलमा बसेका शीर्ष नेताहरुको बैठकले गठबन्धनको नेत्रृत्वकर्ता नेपाली कांग्रेस नै भएको र आफ्नै कांग्रेसको निर्णय स्वीकार गर्नुको विकल्प नभएकाले गठबन्धनका साझा उम्मेदवाहरुलाई जिताउन सबैले सक्रिय भूमिका खेल्ने निर्णय गरेको हो ।

छलफलमा आसन्न निर्बाचनमा गठबन्धनका साझा उम्मेदवार भानुभत्त जोशी, पूर्वमन्त्री अर्जुन जंगबहादुर सिंह, नरेस सिंह, डा. सुरेस मल्ल तथा पूर्व सांसदहरु प्रकास स्नेही रसाईली, चन्द्रादेबी जोशी, नेपाली कांग्रेसका नेता एवं चर्चित गायक नन्दकृष्ण जोशी, कांग्रेस नेता रमेश भण्डारी, कांग्रेस सम्वद्ध बझाङ­ काठमाडौं सम्पर्क समितिका अध्यक्ष शम्शेर बम लगायतको उपस्थिती थियो ।

कांग्रेस नेताहरुको बैठकले स्थानिय तहमा टोल­टोल सम्म नेपाली कांग्रेसको नेत्रृत्वमा संयुक्त चुनाव प्रचार प्रसार अभियानहरु संचालन गर्ने, गठबन्धनका विरुद्ध कसैले पन टिका टिप्पणी नगर्ने, सम्पूर्ण कार्यकर्तालाई निर्बाचनमा परिचालन गर्ने तथा १२ वटै स्थानिय तहमा पालिका स्तरिय संयुक्त आमसभा गर्ने निर्णय गरेको छ ।

बझाङमा वाम­लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा तर्फ पूर्वमन्त्री भानुभक्त जोशी तथा प्रदेश सभा क मा नेपाली कांग्रेसका पृथ्बीबहादुर सिंह र प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका भीम भण्डारी चुनावी मैदानमा छन् । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभातर्फ ऐन महर तथा प्रदेश सभा क मा अफिलाल ओखेडा र ख मा एल बी रावल चुनाबी मैदानमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...