नेपालमा पहिलोपटक भेटियो कोरोनाको संक्रामक सबभेरियन्ट एक्सबीबी, यो कति संक्रामक छ ?

Corona new 7

काठमाडौं । नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो पटक एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ । यो विगतका भेरियन्ट र सब भेरियन्ट भन्दा निकै धेरै संक्रामक रहेको बताइएको छ ।

गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारिले बताए ।

सार्स कोभ – २ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा रुप फेरिरहेको यो भेरियन्ट गतवर्षको सुरुवातमा उच्च दरमा फैलिएको थियो । एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ ।

सो भेरियन्ट हाल देशका विभिन्न ठाउँमा फैलिएको र कोरोना संक्रमण बढेको मन्त्रालयको भनाइ छ । दिपावली, छठजस्ता पर्वमा संक्रमण अझै बढ्न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सो भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको र कोभिड–१९ को संक्रमण बढेको देखिएको छ। दिपावली तथा छठ जस्ता चाडपर्वको समयमा जमघट बढी हुने भएकोले कोभिड–१९ तीव्र गतिमा फैलिने संभावना उच्च रहेकोले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको ९जस्तै मास्कको उचित प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने० पालना गर्न गराउन सबैको जानकारीको लागि विनम्र अनुरोध गर्दछौं ।’

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको सूचना

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...