धनकुटामा सत्ता गठबन्धनको चुनावी अभियान तीव्र, मतदाता उत्साही रहेको दावी

Chunab yed dkt 7

धनकुटा । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा धनकुटामा सत्ता गठबन्धद दलहरुले चुनावी अभियान तीव्र बनाएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जित हात पार्नेगरी सत्ता गठबन्धनले जनताको घर दैलौमा पुगेर मत मागिरहेको छ ।

चुनावी अभियान अन्तर्गत प्रदेश ‘क’ को सहदिभुमी गाउँपालिकाका विभिन्न वडाहरुमा घरदैलो सकेर धनकुटा नगरपालिका भित्रका विभिन्न वडाहरुमा उम्मेदवार अर्जुनकुमार राईसहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले घर दैलो अभियान चलाइरहेको छ ।

सो अभियानमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार अर्जुन कुमार राईसहित नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य सुजनभाई जोशी, धनकुटा नगर कमिटीका सचिव सोम राई लगायतको टोली संलग्न छन् ।

यसअघि प्रतिनिधिसभा तर्फका उम्मेदवार सुनीलबहादुर थापा, प्रदेश क का उम्मेदवार अर्जुनकुमार राई, समानुपातिक तर्फका उम्मेदवारहरु नेपाली कांग्रेसका मनोहर नारायण श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका बंगलाकुमारी राई, प्रदेशतर्फ नेपाली कांग्रेसका सुमना तिमिल्सना लगायतको धनकुटा नगरपालिकाको वडा नंं. ५, ६ र ७ मा घर दैलो अभियान सञ्चालन गरेको थियो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको जित सुनिश्चित हुने भएकाले मतदाताहरुलाई ढुक्क भएर ३ जना उम्मेदवारलाई मतदान गर्न अपिल गरिएको र मतदाताहरुको उत्साहजनक सहभागिता रहेका नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...