सत्ता गठबन्धनका उम्मेदवारलाई जसरी पनि जिताउने शीर्ष नेताहरुको उद्घोष

प्रदेश १ मा गठबन्धनलाई जिताएर ओलीलाई गतिलो जवाफ दिने देउवाको दावी

Prachanda biratnagar.6

विराटनगर । सत्ता गठबन्धनमा रहेर आसन्न चुनावी प्रतिस्पर्धामा होमिएका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कांग्रेस कार्यकर्ताहरुले आफूहरुलाई मत नहाल्ने हो की भन्ने चिन्ताले पिरोलेका बेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ मा सत्तारुढ गठबन्धनलाई जिताएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिनुपर्ने बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा उनले प्रदेश १ मा गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई अपिल गरे । प्रधानमन्त्री देउवाले भने कांग्रेसले गठबन्धन अनुसार नै मत हाल्ने आश्वासन पनि दिए ।

उनले संम्बोधनका क्रममा आफूले पहिले नै हसिया हतौडामा मत हालिसकेको भन्दै कार्यकर्तालाई आश्वस्त पारे । प्रधानमन्त्री देउवाले कुनै पनि हालतमा गठबन्धनले जित्नु पर्ने बताएका छन् ।

‘एक नम्बर प्रदेशमा गठबन्धनलाई जिताएर ओलीजीलाई जवाफ दिनुपर्छ’ देउवाले भने, ‘ओलीजीले पनि गठबन्धन गर्नुभएको छ, उहाँको राप्रपासँग गठबन्धन भएको छ । उहाँले गठबन्धन गर्न हुने हामीले किन नहुने ?’सो कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल

दाहाल प्रचण्डले चुनाव जितेपछि हुने राजनीतिक नियुक्ति र राजदुतको कुरा निकालेर कार्यकर्तालाई आश्वास्त पारे । उनले भने, ‘पहिले गठबन्धनदलाई जिताउन होस् त्यसपछि अवसरै अवसर छ। राजनीतिक नियुत्ती होला राजदुत होला चुनाव जितेपछि अवसरै अवसर छ ।’

प्रचण्डका अनुसार रुख चिन्हवालालाई हँसिया हतौडा र हँसिया हतौडावालाहरुलाई रुख चिन्हमा भोल हाल्न असजिलो हुनसक्ने सुनाए। तर, ती असजिलोलाई सजिलो बनाउँदै चुनाव अघि अन्य कुरा नसोच्न प्रचण्डले आग्रह गरेका छन् ।

‘कलमवालालाई रुख हसिया हथौडामा भोट हाल्न पनि सहज नहोला,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘तर अहिले जे जे समस्या भए पनि निर्वाचन पछि समिक्षा गरौं । यदी निर्वाचनमा हारियो भने हामी सबैको हालत खराब हुन्छ ।’

प्रचण्डले अहिलेको निर्वाचन संग्रामको रूपमा हुन लागेको बताए । उनले यो निर्वाचनमा दुई फरक–फरक प्रवृत्तिबीच प्रतिस्पर्धा हुन लागेको समेत बताए । अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले गोरू गाडावालाले टाउको उठाउन खोजेको आरोप लगाए ।

‘यो गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन हो । अर्को गठबन्धन गोरूगाडावाला गठबन्धन हो । त्यसकारण मंसिर ४ गते एउटा ठूलो संग्राम हुँदैछ’ उनले भने । ‘यो गठबन्धन नबनाएको भए शेरबहादुरको नेतृत्वमा सरकार पनि बन्दैन थियो । स्थानीय तहमा यो परिणाम आउँदैनथियो’ उनले भने ।

अध्यक्ष प्रचण्डले चुनाव जिते अवसर नै अवसर प्राप्त हुने समेत बताउँदै ठूलठूलो राजनीतिक परिवर्तन भएपनि जनतालाई सम्मृद्दि र सुशासन दिन नसकिएको स्वीकार गरे । उनले अहिले परिवर्तन उल्ट्याउने खतरा रहेको बताउँदै भने, ‘त्यसकारण अब समृद्धि र सुशासन, उद्योग स्थापना, श्रमजीवीलाई न्याय र समृद्धि दिनैपर्छ ।’

यता, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले पुर्याएको गुन तिर्नुपर्नेमा जोड दिए । विराटनगरमा आयोजित सत्ता गठबन्धनको सो भेलालाई सम्बोधन गर्दै उनले बेठीक मान्छेको हातमा पुगेको देशलाई संकटबाट बचाउन नयाँ जोखिम लिएको बताए । उनले लोकतन्त्र धरापमा पर्ने, संघीयता खारेज हुने हो कि भन्ने अवस्थालाई पार लगाउन आफूले त्याग गरेको र देशलाई जोगाएको बताए ।

उनले शेरबहादुर देउवा र प्रचण्डले गरेको संघर्षलाई पनि बर्सन नहुने बताए । उनले भने, ‘ शेरबहादुर र प्रचण्डले गरेको संघर्षलाई पनि बर्सन हुँदैन । अहिले अर्को गठबन्धन बनाइएको छ । त्यो प्रतिगामी गठबन्धन हो । त्यसो भएको हुनाले सत्ता गठबन्धन एकताबद्ध भएर दृढताका साथ अगाडि बढ्नुपर्छ ।’

गठबन्धनको उद्देश्य सत्ता मात्रै नभएको उनले बताए । उनले भने, जनतालाई लुटौँ भन्ने होइन । त्यसको विरोध गरेरै हामीले गठबन्धन बनाएका हौं । ००७ साल, ०४७, ०६२–०६३ मा काँग्रेससँग कम्युनिष्ट मिलेरै प्रगति गरिएको भन्दै उनले सत्ता गठबन्धन स्वभाविक गठबन्धन भएको हो । यो गठबन्धन प्रगतिशील गठबन्धन हो ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...