धनकुटाको मुगामा नेतैनेता, एउटै गाउँबाट ६ जना उम्मेदवार

‘नेताहरु स्व. सूर्यबहादुर थापाको नाम बेच्छन्, काम सिन्को भाँच्दैनन्’

Mugali neta 02

धनकुटा । धनकुटाको राजनीति सधैं मुगाको वरीपरी घुम्ने गरेको छ । पाँच पटकप्रधानमन्त्री भएका सूर्यबहादुर थापा राजनीतिक दबदबाका कारण लामो समयदेखि मुगाले धनकुटाको राजनीतिमा एकछत्र राज गरेको छ । यो अहिले पनि कायम छ ।

तर विडम्बना, मुगावासीका लागि भने जुन ‘जोगी आए पनि कानै चिरेको’ भन्ने उखानझैं भएको छ । लामो समयसम्म राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच राखेका थापाकाजीहरुलाई मुगाली जनाताले विश्वास गरेर मत दिने गरेका थिए । तर, अहिलेसम्म थापाकाजीहरुको दैनिकी फेरिदाँ मुगालीको दैनिकी उही पूरानै छ ।

राजनीतिक दलले भने धनकुटाका मतदाताको कहिले कदर नगर्दा आधारभूत आवश्यकता पनि ओझेलमा परेको छ । कुनै बेला निक्कै चहलपहल रहेको मुगा यतिबेला सुनसान छ । राजनीतिक नेतृत्वहरु चाँही चुनाव आउने बेलामा चाहीँ ठूलठूला सपना देखाउँदै आउने गरेको छ ।
एउटै गाउँका ३ जना उम्मेद्वार हुँदा पनि पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको जन्म गाउँ मुगामा चुनावको कुनै रौनक छैन । चुनाव लाग्दा मात्रै आउने नेता र नेताका आश्वासनले जनतालाई आजित बनाएको छ । तथापि फेरि पनि धनकुटाको राजनीति मुगामै केन्द्रित बन्ने देखिएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा धनकुटाको मुगाबाट सबैभन्दा बढी नेताले प्रतिस्पर्धा गरे पनि सोही क्षेत्रका जनतालाई न कुनै चासो छ न चिन्ता नै । पटक पटक यही क्षेत्रका उम्मेदवार विजयी भए पनि उनीहरुले विकासका लागि कुनै चासो नदिएका कारण पनि आफ्नै गाउँले उम्मेदवार बने पनि गाउँमा कुनै चासो नभएको स्थानीयको भनाई छ ।

तत्कालीन मुगा १ का नविन विश्वकर्माले सधैं मुगाली नेतालाई जिताउँदै आएको भए पनि गाउँको विकास नहुँदा दुःख लागेको बताए । ‘भोट त सधैं मुगाकै नेतालाई नै जिताएकै त हो नि । तर गाउँको विकासमा कसैले ध्यान नै दिएनन्’ उनले भने ‘सधैं यस्तो हो भने कुन मुगाली नेताको विश्वास गर्नु ? सधैं मुगाली नेता भनेर कति हात जोड्नुु ? कुरा मात्रै हुन्छन्, काम केही हुँदैन ।’

धनकुटामा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका ७ जनामध्ये नेपाली कांग्रेसबाट केन्द्रिय सदस्य सुनीलबहादुर थापा, नेकपा (एमाले) बाट केन्द्रिय सदस्य राजेन्द्र राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जिल्ला अध्यक्ष कुमारबहादुर थापाले उम्मदेवार बनेका छन् । त्यस्तै समानुपातिकतर्फ प्रदेशमा जनता समाजवादी पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापा, नेपाल समावेशी पार्टीबाट केन्द्रिय उपाध्यक्ष पूर्णबहादुर गिरी र प्रदेशतर्फ नेपाली कांग्रेसकी महाधिवेसन प्रतिनिधि इन्दिरा थापा उम्मेदवार छन् ।

तर, आफ्नै मुगावासी चुनावी प्रतिष्पर्धामा उत्रिदा पनि जनतालाई चुनावप्रति उत्साह छैन । तर उम्मेदवारहरु भने मुगामा विकास नभएको स्वीकार तयार छैनन् । नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र राई तत्कालीन मुगा ७ का हुन् । उनी २०७४ सालमा भएको निर्वाचनमा धनकुटाबाट झण्डै १० हजारको मतान्तरले विजयी भएका थिए ।

उनी पार्टी अध्यक्ष हुँदा धनकुटालाई ‘क्लीन स्वीप’ गरेर केपी शर्मा ओलीले राईलाई ‘म्यान अफ दी इलेक्सन’ घोषणा गरे । त्यो बेला राईलाई मन्त्री बनाउने घोषणा पनि गरे । तर दुर्भाग्य, ओलीको नजरमा पर्न सकेनन् ।

अहिले उनी धनकुटाकै बलियो नेतामा पर्छन् । नेकपा एमालेले प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएपछि चुनावी अभियानमा छन् । चुनावी अभियानमै रहँदा उनले मुगामा सक्दो विकास भएको दावी गरे । ‘सूनीलबहादुरथापा कुद्ने बाटो मैले बनाई दिएको छु । मुगाको मावि स्कुलको भवन मैले बर्ना दिएको छु’ उनले निशान न्युजसँग भने, ‘मुगामा विकास भएको छैन भनेर कुन जनताले भन्न सक्छ । जलदेवीमा ठूलो सिमसार क्षेत्र बन्दैछ । जतततै सडक खनिएको छ । मान्छेहरुको आय स्रोत बढेको छ । त्यसकारण मुगामा केही गरेन भन्ने भ्रम त्याग्नुस् ।’

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् सुनीलबहादुर थापा । २०६९ सालदेखि सक्रिय राजनीतिमा आएका थापा २०७० सालमा धनकुटा क्षेत्र नं. ४ बाट ४२२ मतान्तरले विजयी भए । त्यसबेला उनी राप्रपामा थिए ।

त्यतिबेला सूर्यबहादुर थापाले हरेक गाउँगाउँ पुगेर ‘मलाई सम्झिएर भोट दिनु’ भनेका थिए । त्यो बेला नेपाली कांग्रेसले पनि सहयोग गरेको थियो । सूर्यबहादुर थापा जिवित हुँदै उनलाई दुईपटक मन्त्री बनाए । दोस्रोपटक मन्त्री बन्न पार्टीलाई घात गरेको आरोप लाग्ने गर्छ ।

तत्कालीन मुगा ४ मा जन्मिएका थापा अहिले नेपाली कांग्रेसमा छन् । उनी सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार छन् । उनले मुगालीबाट पर्याप्त आर्शिवाद पाएको दावी गर्छन् । उनले आफुलाई गाउँलेबाट राम्रो सहयोग पाउने आशा पनि गरेका छन् । तर उनले भनेजस्तो चाँही छैन ।

उनी २ पटक मन्त्री बन्दा सिन्को नभाँचेको र स्व. सूर्यबहादुर थापाको विरासत जोगाउन नसकेको आरोप गाउँलेले लगाउँदै आएका छन् । तर, उनी भने गाउँमा विकास काम धेरै गरेकाले गाउँलेको साथ रहेको दावी गर्छन् ।

‘मैले मुगावासीको मन दुखाएको छैन । सबैलाई मर्दा पर्दा सक्दो सहयोग गरेको छु । त्यही भएर मलाई मुगालीको आर्शिवाद छ’ उनले भने, ‘मैले मन्त्री बन्दा होस् वा नहुँदा पनि गाउँमा पर्याप्त विकास गरेको छु । धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट ल्याएको छु । आँखा अस्तातालाई हसयोग गरेको छु । अन्य थुप्रै कामहरु गरेको छु । अनि मलाई सहयोग नहोला भन्ने त लाग्दै लाग्दैन ।’

अर्का उम्मेदवार कुमार बहादुर थापा मुगाकै हुन् । स्वभाविकै उनी सुनीलबहादुर थापा र राजेन्द्र राई भन्दा नयाँ र फ्रेस उम्मेदवा हुन् । स्व. सूर्यबहादुर थापालाई पटकपटक निर्वाचित गराउन महत्वपूर्ण भुमिका खेलेका थापाले स्व. सूर्यबहादुरर थापाको अधूरो सपना साकार बनाउन आफुले उम्मेदवारी दिएको बताउँदै आएका छन् ।

उनी स्व. थापाले स्थापना गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीमै छन् । हाल राप्रपाको जिल्ला अध्यक्षसमेत रहेका थापा चुनावी अभियानमै छन् । उनले पनि मुगालीबाट राम्रो साथ पाउने बताएका छन् । उनी निस्कलंकित व्यक्तिकै सुचीमा पर्छन् । सत्ता नपुगे पनि उनी मुगाली जनताको नजरमा प्रिय मानिन्छन् ।

‘मैले स्व. सूर्यबहादुर थापाले शुरु गरेका जति पनि अधूरा कामहरु छन्, त्यसलाई पूरा गराउनु मेरो कर्तव्य हो’ उनले भने, ‘उहाँको सपना साकार पार्न र गाउँको विकास गर्न म चुनावी अभियानमा छु । यो बेला मुगावासी र समग्र धनकुटेली जनताको साथ पाउने अपेक्षा गरेको छु ।’

हार जित बराबर
२०४८ र २०६५ सालको निर्वाचन बाहेकका सबै निर्वाचनमा मुगाली उम्मेदवारको जित भइरहेको छ । दुई पटक मात्रै मुगाले जिल्लाको नेतृत्व गुमाएको छ । २०४८ सालमा धनकुटा पात्लेखोलाका गोपाल गुरागाइँ धनकुटा २ बाट विजयी हुँदा सूर्यबहादुर थापा पराजित बने । २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा पुनः थापाले नै जिते । त्यैसैगरी २०५६ सालमा पनि थापाले नै जिते । २०६५ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा भने थापाको हार भयो भने उनलाई हात्तिखर्कमा हरिराज खेवाले पराजित गरे ।

२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुनीलबहादुर थापाले राजेन्द्र राईलाई पराजित गरे । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा भने वाम गठबन्धनबाट उम्मेदवार बनेका राजेन्द्र राई भारी मतान्तरले विजयी बने । यो शिलशिला हेर्दा जनुसुकै समयमा पनि मुगाली नेताले नै राजनीतिक नेतृत्व गरेको देखिन्छ ।

यो पटकको निर्वाचनमा पनि सम्भवत जित मुगाली मध्येबाटै हुने आँकलन गरिएको छ । किनभने एमालेबाट उम्मेदवार बनेका राईको संगठनात्मक अवस्था बलियो छ । राई आफैं पनि चतुर राजनीतिक खेलाडी हुन् । त्यस्तै थापा पनि बलियो उम्मेदवार हुन् । उनलाई नेपाली कांग्रेसको अलावा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को साथ छ ।

सुस्त विकास, कुरा तीव्र
अरुले सुन्दा मुगा सबैभन्दा विकसित गाउँ हो । खासगरी सूर्यबहादुर थापाकै कारण मुगाको नाम सुन्दा नै बाहिरी जिल्लाका मानिसहरु अचम्म मान्छन् । तर धेरै मुसा भए मुसा मार्दैन भन्ने मुगालीहरुले भोगेका छन् ।

अहिले पनि मुगाका धेरै स्थान स्वास्थ्य, शिक्षा, सडक पहुच सहित जिबिकोपार्जन र रोजगारीको विषयमा निक्कै पछि छ । गाउँमा युवा जनशक्ति भेटिँदैन । रोजगारी र सुविधाको लागि बसाइँ सर्नेको लर्को पनि उत्तिकै छ । यसलाई रोक्न सत्तामा पुगेका मुगाली नेताहरुले ध्यान दिएका छैनन् । उनीहरुले त चुनाव आएपछि जसरी पनि चुनाव जित्ने दाउँमा रहन्छन् । राजनीतिक दललाई जनताका सुख दुःखको कुनै महत्व नभएको मतदाताको आरोप लाग्दा लाग्दै पनि मिठा र गुलिया आश्वासन बाढ्न माहिर छन् ।

पाख्रिबासदेखि मुगासम्मको सडक निर्माण थालिएको पनि साँढे दुई दशक भइसक्यो । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा त्यही सडकमा यात्रा गर्थे । पाख्रिबास नगररपालिकाको पहिलो मेयरदेखि पूर्वमन्त्रीसमेत रहेका सुनीलबहादुर थापा मुगाकै सडकबाट पटकपटक यात्रा गर्छन् । तर अहिलेसम्म कालोपत्रे हुन सकिरहेको छैन । वर्षा लाग्नसाथ पाख्रिबास मुगा सडक बन्द हुन्छ । गाउँलेले दुःख पाउँछन् ।

यति हुँदा पनि मुगावासी तिनै नेताहरुप्रति आशावादी हुन छाडेका छैनन् । अहिले पनि जित्ने उम्मेदवारले आधारभूत आवश्यकता पूर्ति गरिदियोस् भन्ने उनीहरूको अपेक्षा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...