गुमनाम मै सकियो विप्लव समुहको महाधिवेशन, महासचिवमा पुनः नेत्रविक्रम चन्द चयन

Netra bikram biplop

काठमाडौं । कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् ।

महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए । नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो ।

महाधिवेशनले ‘एकीकृत जनक्रान्तिको विचार’लाई नयाँ उचाइमा पुर्याउने लक्ष्य कार्यदिशालाई निरन्तरता दिएको छ । एकीकृत जनक्रान्ति नै नवीन कार्यदिशा भएको बताउँदै क्षेत्रीले त्यसलाई अहिले समृद्ध गर्ने काम भएको बताए । नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा विप्लवले ‘ड्रोन’मार्फत ब्यानर उडाएर महाधिवेशनको उदघाटन गरेका थिए ।

असोज २५ गतेदेखि चलेको महाधिवेशन विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ । विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए । प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गरे ।

मंगलबार सम्पन्न महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै नेपालमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निष्कर्षसमेत निकालेको छ ।

तर, चुनावी माहोलका बीचमा भएको महाधिवेशन खासै चर्चामा आएन । आम सञ्चार माध्यममा पनि खासै ‘स्पेस’ पाएको देखिएन । लगभग छायामा परेको महाधिवेशन हलले विप्लवको राजनीतिक प्रतिवेदन पारित गरेको छ । टुटफुट र विभाजनको शृंखलामा जेलिदै आएको विप्लवको पार्टीले आगामी कार्यदिशा कस्तो तय गर्ला भन्ने सामान्य चासो भएको भए पनि त्यसमा समेत आकर्षित गर्न सकेको देखिएन ।

तर, ६८ महिनाअघि काठमाडौंको खुल्ला मञ्चमा भएको यो पार्टीको आठौं महाधिवेशनले चर्चा पाएको थियो । २०७३ साल फागुन १ मा आयोजित महाधिवेशनले विप्लवले अघि सारेको ‘एकीकृत जनक्रान्ति’को कार्यदिशालाई अनुमोदन गरेको थियो, जसबाट धेरैको चासो उनीप्रति बढेको थियो । तत्कालीन पार्टी अध्यक्ष मोहन वैद्यको कार्यक्षमतामा प्रश्न उठाउँदै २०७० मंसिरमा आफ्नै नेतृत्वमा विप्लवले नेकपा गठन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...