काठमाडौं–३ मा एमालेको चुनावी अभियान तीब्र

Kamiti

काठमाडौं । काठमाडौं–३ मा नेकपा एमाले चुनावी अभियानलाई तीब्रता दिएको छ । एमाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ ले निर्वाचन परिचालन कमिटी घोषणा गरेर चुनावी अभियानलाई तीब्रता दिएको हो ।

मुकुन्द गजुरेलको संयोजकत्वमा एक हजार एक सय सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको हो । जसको सहसंयोजक विरेन्द्र लामा छन् भने सचिव कमल रेग्मी छन् । यस्तै, कार्यकारी सचिवको जिम्मा भने विशाल क्षेत्रीलाई दिइएको छ ।

विभिन्न २२ वटा जनसंगठन मध्ये सक्रिय सबैलाई आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा परिचालन गर्ने रणनीति एमाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटीले लिएको छ । जसमा महिला, युवा, मजदुर, विद्यार्थी लगायत विभिन्न विभिन्न पेशागत संगठनहरु समेटिएका छन् ।

कांग्रेस त्यागेर एमाले प्रवेश


कांग्रेस पार्टीमा लामो समय सक्रिय रहेका केही कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । लामो समय कांग्रेसमा रहेर वाक्क दिक्क भएका चिरन्जीवि खड्कासहित ७ जना कांग्रेस प्रवेश गरेका हुन् ।

त्यसमा केही तटस्थ समेत छन् । खड्का भने अहिले एमालेबाट काठमाडौं–३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण बहादुर राईका बाल सहपाठी हुन् । उनी राईसँग सँगै डण्डिवियो खेल्दै हुर्किएका र पछि लामो समय कांग्रेसमा सक्रिय रहेका खड्काले बताए ।

बीपीको प्रजातान्त्रिक समाजवादको अवधारणलाई कांग्रेसमा खिचेका उनलाई अब एमालेको जबज र समाजवादी यात्रा मन परेको खड्काले सुनाए । कांग्रेसकै बेइमानीका कारण आफु लामो समय विदेशिनु परेको समेत उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...