निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारको अन्तिम नामावली, काठमाडौं १ मा ३२ जना उम्मेदवार ​

Nirwachan aayog

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

यसअघि आयोगले आजै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो । आयोगले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

सबैभन्दा धेरै उम्मेदवार काठमाडौं क्षेत्र नम्बर १ मा र सबैभन्दा थोरै हुम्ला र मनाङमा रहेका अयोगले जनाएको छ । आयोगका अनुसार काठमाडौं १ मा ३२ जना उम्मेदवार छन् । जसमा महिला १० जना छन् ।

काठमाडौं ४ तथा धनुषा ३ र मोरङ ३ मा समान ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । आयोगका अनुसार काठमाडौं २ मा ५ महिलासहित ३० जना उम्मेदवार छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...