बुटवल ५ मा टुंगियो उम्मेदवारको विवाद : जिल्ल परे भट्राई, घिमिरेलाई सूर्य

अध्यक्ष केपी शर्मा ओलीको गल्तीले भट्टराई ‘अलपत्र’, गुम्यो राष्ट्रिय सभा सदस्य

Basudev ghimire

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा (एमाले) को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

आइतबार रूपन्देही–५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७९ मा प्रष्ट रूपमा उल्लेख रहेको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए ।

निर्देशिकामा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एक भन्दा बढी व्यक्तिको लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एक भन्दा बढी उम्मेदवारको मनोयनपत्र पेश भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ ।

निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिलोपटक दर्ता भएका बासुदेव घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए । योसँगै अब एमालेको आधिकारिक उम्मेदवार घिमिरे भएका छन् भने भट्टराई जिल्लिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गल्तीले एमाले नेता खिमलाल भट्टराई ‘अलपत्र’ परेका छन् । भट्टराई ओलीको निर्देशनमा राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएर अन्तिम सयममा प्रतिनिधि सभा सदस्य पदमा रुपन्देही ५ बाट उम्मेदवार बनेका थिए । तर, भट्टराईभन्दा अघि सोही क्षेत्रबाट घिमिरेले उम्मेदवारी दर्ता गरेका थिए ।

एउटै क्षेत्रमा एकै पार्टीबाट दोहोरो उम्मेदवारी परेपछि निर्वाचन आयोगले सोमबार गरेको छानविनका क्रममा घिमिरेको उम्मेदवारी कायम गर्दै भट्टराईको रद्ध गरेपछि भट्टराईले राष्ट्रियसभा सदस्य पद गुमाउनुका साथै प्रतिनिधिसभाको उम्मेदवार बन्नबाट समेत वञ्चित भएका हुन् ।

घिमिरे आधिकारिक उम्मेदवार बनेसँगै एमालेको राष्ट्रियसभा सदस्य समेत घट्न पुगेको छ । राष्ट्रिय सभामा एमालेका १६ सांसद रहेकोमा भट्टराईले राजीनामा दिएपछि १५ जनामा सिमित भएका छन् । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...