प्रतिनिधिसभातर्फ धनकुटामा ८ जनाले दर्ता गराए उम्मेदवारी, जसपाका केन्द्रिय नेता चेम्जोङ झरे प्रदेशमै

Dkt gathabandjan neta

धनकुटा । प्रतिनिधिसभा निर्वाचन एक मात्र क्षेत्र रहेको धनकुटाबाट ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज नेकपा एमालेले संघमा राजेन्द्र राई, गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा हुँदा संघको टिकट दावी गर्दै आएका जनता समाजवादी पाटीका केन्द्रीय नेता रकम चेम्जोङले अन्तिम समयमा प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

हालै माओवादी पार्टी परित्याग गरी स्वतन्त्र अभियानमा लागेका हेमराज भण्डारीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कुमारबहादुर थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् । पूर्व माओवादी नेता गंगाराम गोम्देनले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट अमुल राई, एकिकृत शक्ति नेपालका रमेश राई, मंगोल अर्गनाइजेशनका विश्वमित्र लावती र स्वतन्त्रबाट सुन्दरबाबु श्रेष्ठले मनोनयन दर्ता गराएको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशसभातर्फ एमालेले पुरानै अनुहारलाई दोहोर्‍याएको छ । जसमा प्रदेशसभा क बाट निरन राई र ख बाट इन्द्रमणी पराजुली रहेका छन् । सत्ता गठबन्धनबाट क मा नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष अर्जुन राई र ख बाट नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य कुसुमकुमारी श्रेष्ठ रहेकी छिन् ।

प्रदेश क मा जनता समाजवादी पाटीका केन्द्रीय नेता रकम चेम्जोङले उम्मेदवारी दर्ता गराए भने ख बाट डम्बर कटुवाल रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेश सभा ख मा राप्रपाबाट श्यामकुमार गुरुङ, राप्रपा नेपालबाट सोमबहादुर घिसिङ तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट विष्णु विक्रम राई, स्वतन्त्रको रुपमा जितेन्द्र राई, वालावन्द दाहाल लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...