३ हजार ६५ मतदानस्थल अति संवेदनशीलको सुचीमा

Nirwachan aayog

काठमाडौं । गृह मन्त्रालयले सङ्घ र प्रदेश सभा निर्वाचनमा तीन हजार ६५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ ।

सुरक्षा जोखिम, भौगोलिक अवस्था र मतदाताको सङ्ख्याका आधारमा करिब २८ प्रतिशत मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । गृहका अनुसार चार हजार चार सय ७८ मतदानस्थललाई संवेदनशील र बाँकी तीन हजार तीन सय ४८ लाई सामान्यको सूचीमा राखिएको छ ।

निर्वाचन आयोगले मङ्सिर ४ मा हुन लागेको निर्वाचनका लागि देशभर कुल १० हजार आठ सय ९१ स्थायी मतदानस्थल कायम गरेको छ । जिल्लाहरूबाटै आएको जानकारीका आधारमा सुरक्षा संवेदनशीलता मूल्याङ्कन गरेर वर्गीकरण गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।

जिल्लाहरूबाटै आएको रिपोर्टका आधारमा सुरक्षा संवेदनशीलता मूल्यांकन गरेर मतदानस्थल वर्गीकरण गरिएको हो । त्यसकै आधारमा सम्बन्धित निकायहरूले सुरक्षा बन्दोबस्तीको तयारी गरिरहेका छन् ।

करिब सय अस्थायी मतदानस्थल राख्ने आयोगको तयारी छ । स्थानीय तहको निर्वाचनपछि थपिएका एक सय ३५ मतदानस्थललाई गृहले अति संवेदनशीलमा राखेको छ । यस्ता मतदानस्थलमा न्यूनतम तीन नेपाल प्रहरी र नौ म्यादी प्रहरी खटिनेछन् ।

झैझगडा हुने सम्भावना भएका, विगतमा बुथ लुटिएका, भारतसँगको सीमाक्षेत्रका तथा अति दुर्गम क्षेत्रका मतदानस्थल अति संवेदनशीलको सूचीमा छन् । निर्वाचनमा दुई लाख ९४ हजार सुरक्षाकर्मी खटिने छन् ।

गृह मन्त्रालयले स्वीकृत गरेको ‘प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन विशेष सुरक्षा योजना, २०७९’ एकीकृत सुरक्षा योजनाअनुसार नेपाल प्रहरीको साढे ७९ हजारमध्ये ७१ हजार ६९३ जनशक्ति खटिनेछन् । सशस्त्रबाट ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ र बाँकी सेनाबाट खटिने छन् । एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना प्रक्रिया चलिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दुर्घटनामा परी पत्रकार महाविर विश्वकर्माको निधन

Mahabir bk

चितवन । बहकिने मनका सञ्चालक महविर विश्वकर्माको दुर्घटनामा परी निधन भएको छ । आज विहान साँढे ५ चित...