आजदेखि अस्थायी मतदाता नामावली सङ्कलन शुरु, जेलबाटै मतदान गर्न पाइने

Nirwachan aayog

काठमाडौं । निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

आगामी कात्तिक १ गते प्राप्त अस्थायी मतदाताको विवरण रुजु गरी सम्बन्धित निर्वाचन कार्यालयमा नामावली प्रकाशन गर्ने, कात्तिक २ देखि ३ गते अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले त्रुटि सच्याउन निवेदन दिने, कात्तिक ४ गते प्राप्त निवेदन उपर जाँचबुझ गरी संशोधित मतदाता नामावली प्रकाशन गर्ने, कात्तिक ५ देखि ६ गतेसम्म संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेश गर्ने व्यवस्था आयोगले मिलाउने भएको छ ।

सोहीअनुसार दाबी विरोधको निवेदन उपर कात्तिक ७ देखि ११ गतेसम्म जाँचबुझ गरी निर्णय गर्ने, कात्तिक १२ देखि १३ गतेसम्म अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने र कात्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

सङ्कलित अस्थायी मतदाता नामावली तथा निर्धारित मापदण्डका आधारमा अस्थायी मतदान केन्द्रको सिफारिस जिल्ला तहमा रहेको अस्थायी मतदाता नामावली सङ्कलन तथा व्यवस्थापन समितिले गर्ने आयोगले जनाएको छ । यो व्यवस्थाले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनतर्फको मतदानमा उल्लेख्य वृद्धि हुने आयोगको बुझाइ छ ।

आफ्नो मतदाता नामावली रहेको पालिकामा पुग्न नपाउने सरकारी कर्मचारी, सुरक्षाकर्मी र जेलमा रहेका कैदीबन्दीले आफू रहेकै ठाउँबाट समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार सरकारी कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुले आफू बसेकै ठाउँबाट अस्थायी मतदाताका रुपमा समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् ।

‘सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा विभिन्न समयमा आदेश दिएको थियो,’ प्रवक्ता आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ऐनमा सरकारी कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था छ।’

तर, पत्रकारले भने अस्थायी मतदाताको अधिकार पाउने छैनन् । निर्वाचनका बेलामा कार्यस्थलमा खटिने ठूलो संख्याका संचारकर्मी मतदानका लागि आफ्नो गाउँसम्म जान भ्याउँदैनन् । यसअघि ललितपुरको हिमालय होटलमा निर्वाचन आयोगले आयोजना गरेको सम्पादकसँगको अन्तक्रियामा पत्रकारलाई पनि कार्यस्थलबाटै भोट हाल्न सुविधा दिइनपर्ने माग उठेको थियो ।

अस्थायी मतदाताले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउनेछन् । प्रत्यक्षतर्फ उनीहरुले मतदान गर्न पाउँदैनन् । आयोगले आजबाट कार्यस्थलबाटै समानुपातिकतर्फ मतदान गर्न पाउने प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न लागेको हो ।

अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ ।

अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगवाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने आयोगले जनाएको छ ।

असोज ८ गतेदेखि २६ गतेसम्म अस्थायी मतदाता नामावलीमा नाम समावेश गर्न सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख दर्ता अधिकारी (प्रदेश जिल्ला निर्वाचन अधिकारी) को कार्यालयमा पठाउनुपर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मन्दिरमा पुजा गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Tekendra sunar

बाजुरा । नेपालको संविधानले कुुनै जात वा वर्गमाथि विभेद गरेको छेन । तर, बाजुरामा पुजा गर्न बसेका द...