अब दैनिक संक्रमित ८ हजार पुग्न सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षपेण

Corona sankraman

काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । यही अवस्था रहिरहने हो भने कोरोना महामारीको चौथो लहर नेपालमा अझै एक महिना रहने स्वास्थ्य मन्त्रालयले निष्कर्ष निकालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले हालै गरेको एक अध्ययनले तीन हप्तासम्म संक्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र संक्रमण घट्दै जाने देखाएको छ । चौथो लहरमा दैनिक आठ हजार जनासम्म संक्रमित हुन सक्ने इडीसीडीको अनुमान छ ।

हिजोआज दैनिक संक्रमित संख्या एक एक हजारभन्दा कम छ । चौथो लहर सुरु भएसँगै कोरोनाका जटिल खालका बिरामी बढ्न थालेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार जटिल खालका बिरामी बढ्नुमा तीन वटा कारण छन् ।

मन्त्रालयको आइतबारसम्मको विवरण अनुसार १५२ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ४५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचारत छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पनि अबको दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा पुग्नसक्ने आंकलन गरिएको बताउँछन् । ‘अबको दुई हप्ता कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने र त्यसपछि घट्दै जाने हाम्रो अनुमान हो,’ डा. अधिकारीले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...