कोरोना संक्रमितको उपचारका लागि तोकियो १७ वटा अस्पताल, कहाँ कुन तोकियो ?

Corona upachar

काठमाडौं । कोरोना संक्रमितको व्यवस्थापन र उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहातमा रहेका १७ वटा अस्पताललाई तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार कोभिड १९ संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका बिरामीहरूको उपचारका लागि सबै प्रदेशमा अस्पताल तोकेको हो ।

हाल कोरोना संक्रमण पुष्टि हुने संख्या बढिरहेको छ । देशभरको तथ्यांकलाई हेर्दा सक्रिय संक्रमित आधाभन्दा बढी काठमाडौं उपत्यकामा छन् । यसका लागि प्रदेश १ मा कोसी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तोकिएको छ । त्यसैगरी मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जलाई उपचारको जिम्मा दिइएको छ ।

वाग्मती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल त्रिवि शिक्षण अस्पताल महाराजञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेललाई कोभिड उपचारका लागि तोकिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र धौलागिरि अस्पताल बाग्लुङ, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जलाई तोकिएको छ ।

यस्तै कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रार्देशिक अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल डडेलधुरा र सेती प्रादेशिक अस्पताल कैलालीलाई निस्शुल्क कोभिड संक्रमितको उपचार गराउने भन्दै सरकारले जिम्मा दिएको छ ।

सरकारले तोकेका अस्पताल निःशुल्क सेवा लिनका लागि बिरामीमा मध्यम र गम्भीर समस्या भएको हुनुपर्छ । सरकारले तोकेका अस्पतालमा गए संक्रमितको उपचार निःशुल्क हुने व्यवस्था मिलाइएको सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

बिरामीले सरकारले तोकेको अस्पतालमा बिरामीको अवस्थाको आधारमा भुक्तानी दिने डा। अधिकारीले बताए । मन्त्रालयका अनुसार मध्यम जटिल केसमा ७,००० रुपैयाँ र गम्भीर बिरामीको आईसीयू र भेन्टिलेटरमा उपचारका लागि १५,००० प्रतिदिन प्रतिबिरामी अस्पताललाई भुक्तानी दिइने छ ।

सरकारले कोरोना संक्रमितको उपचारका परामर्शको गर्नका १११५ हटलाइन नम्बर उपलब्ध गराएको छ । जुन बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । त्यसैगरी, कोरोना संक्रमितको लक्षण भएका व्यक्तिहरुको सोधपुछका लागि ११३३ हटलाइनबाट निःशुल्क जानकारी लिन सकिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...