उकालो लाग्न थाल्यो कोरोना ग्राफ : ६३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

Corona sankraman

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । हिजो सोमबार देशभर ५६८ जना कोरोनाको नयाँ संक्रमित थपिएका थिए । तर, आज हिजोको भन्दा ७०जना बढी संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्‍ये ३ हजार ५८१ जना होम आइसोलेसनमा रहेका छन् भने १३३ जना संस्थागत आइसोलेसन र ३० जना आईसीयूमा छन् ।

यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...