बढ्यो कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना पुष्टि

Corona sankraman

काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमण दिन दिनै बढ्दै गएको छ । यसैक्रममा पछिल्लो २४ घण्टामा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ३८ जनाको नमुना परीक्षण गर्दा ४५६ जनामा संक्रमण पुष्टि भएको छ ।

२ हजार १ सय ६८ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८४ जना र १ हजार ६ सय ७० जनाको एन्टीजेन परीक्षण गर्दा ७२ जनामा कोरोना देखिएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाको कारण मृत्यु भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...